मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन

Dec 25, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा मंगलबार तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। एनएमबि बैंक, स्वावलम्बन विकास बैंक र मिर्मिरे माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेका बोनसको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो ।

स्टकले एनएमबि बैंक (NMB) को १० प्रतिशत बोनसपश्चात प्रतिकित्ता ३५१ रुपैयाँ ८२ पैसामा शेयरमूल्य समायोजन गरेको हो । बैंकको १८० दिनको शेयर कारोबारमूल्यका आधारमा औसत आधारमूल्य ३७१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ ।

त्यसैगरि स्वावलम्बन विकास बैंक (SWBBL) को २५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता ८८६ रुपैयाँ ४० पैसा समायोजित शेयरमूल्य निर्धारण गरिएको छ । नेप्सेले लघुवित्त विकास बैंकको औसत आधारमूल्य एक हजार ८० रुपैयाँ २० पैसा कायम भएको जनाएको छ । 

मिर्मिरे लघुवित्त (MMFDB) को पनि २४ प्रतिशत बोनसपश्चात मंगलबार नै शेयरमूल्य समायोजन भएको छ । नेप्सेले बोनसपश्चात कम्पनीको समायोजित शेयरमूल्य प्रतिकित्ता ९६९ रुपैयाँ ३५ पैसा कायम गरेको छ । लघुवित्तको नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधार एक हजार ४४४ रुपैयाँ ३५ पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू तलकाे लिङ्कमा पढ्नुहाेस् ....

१. एनएमबि बैंकको लाभांश सोमबारसम्म कायम शेयरधनीले मात्र पाउने

२. एनएमबि बैंकको साधारण सभा आह्वान, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् लाभांश ?

३. एनएमबि बैंकले प्रस्ताव गर्यो लाभांश, बोनस कति ?

४. स्वावलम्बन लघुवित्तले साढे १० करोडको एफपिओ जारी गर्ने

५. स्वावलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, बोनसपछि एफपिओ जारी गर्ने

६. स्वावलम्बन लघुवित्तको ५ प्रतिशतले बढ्यो बाेनस, ३६.८४% लाभांश प्रस्ताव

७. मिर्मिरे लघुवित्तको बाेनस पाउन साेमबारसम्म शेयरधनी बन्नुपर्ने

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।