अर्थ समितिले माग्यो पूँजीबजार अध्ययन कार्यदलले सरकारलाई बुझाएको प्रतिबेदन

Dec 25, 2018 merolagani

व्यवस्थापिका संसदको अर्थ समितिले मुद्रा तथा पूँजी बजार सुधारकालागि गठित कार्यदलले अर्थमन्त्रीलाई बुझाएको प्रतिबेदनलाई समितिमा पनि पेश गर्न निर्देशन दिएको छ । सिंहदरवारमा मंगलवार बसेको बैठकले प्रतिबेदनमाथि छलफलको जरूरी भएकाले समितिमा पेश गर्न अनुरोध गरेको हो ।

प्रतिबेदन कार्यान्वयनबारे समितिले मंगलवार नै गर्भनरलाई पनि समितिमा बोलाएको छ । समितिमा उपस्थित भएका गभर्नर चिरन्जीबि नेपालले प्रतिबेदनमा उल्लेखिर्ते बुँदाह?मा काम राष्ट्रबैकले काम थालिसकेको जानकारी दिए ।

उनले एक दुईदिनमा निर्देशिका जारी गर्दै राष्ट्रबैकले कार्यान्वयनका कामहरूको बारेमा जानकारी दिने बताए ।

पूँजीबजारमा समष्या देखिएको भन्दै लगानीकर्ताहरूले दवाव बढाएपछि सरकारले समष्या समाधानका लागि डेपुटी गर्भनरको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो ।

कार्यदलले गत बिहिवार अर्थमन्त्रीलाई प्रतिबेदन बुझाइसकेको छ । कार्यदलले पूँजी बजार बिकासका लागि ५८ बुँदै सुझाव दिएको छ ।

मुद्रा तथा पूँजी बजार सुधारका लागि गठित कार्यदलकाे प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

लगानीकर्ताहरले तत्काल कार्यान्वयन भएमात्र कार्यदलको प्रतिबेदनमाथि बिश्वास गरिनसकिने प्रतिकृया दिइरहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।