नाफा सुरक्षित गर्ने होडबाजीले बजार पुरानै लयमा, कारोबार रकम आधा घट्यो

Dec 25, 2018 Merolagani

शेयर बजारमा अल्पकालिन नाफा सुरक्षित गर्ने होडबाजीले फेरी नेप्से पुरानै लयमा फर्किन थालेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले बढेको भएपनि सोमबार र मंगलबारको बजारले पुरानै लयमा फर्किने संकेत गरेको छ ।

छोटो समयमा बजारमा नाफा कमाउनेहरु हाबी हुँदा बजारमा यस्तो प्रवृति देखिने गरेको छ । गएको साता बजार निरन्तर बढ्ने क्रममा शेयर खरिद गरेकाहरु नै अहिले शेयर बिक्रीमा सक्रिय रहेका छन् । जसले गर्दा शेयर बिक्रीमा चाप पर्दा शेयर मूल्य घट्न पुग्यो भने बजारको वृद्धिमा रोकावट आउन थालेको देखिन्छ ।

तर पनि मुद्रा तथा पूँजी बजारका बिषयमा अध्ययन समितिले बुझाएको प्रतिवेदनका सुझाबहरु सरकारले कार्यान्वयन तर्फ लगेकाले आगामी दिनमा बजारमा सकारात्मक प्रभाव पर्ने आँकलन गरिएको छ । बैंकहरुले बढाएको ब्याजदर घटाउन थालेका छन भने राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई तत्कालै ब्रोकर लाइसेन्स दिने भएको छ । त्यस्तै राष्ट्र बैंकले भारतिय मुद्रामा कर्जा ल्याउन चाहने बैंकहरुलाई यसअघिको निर्देशन परिमार्जन गर्दे केहि सहजिकरण समेत गरिदिएको छ ।

आइतबार नेप्से ३२.२४ अंकले बढेर ११९८.१८ अंकमा पुग्दा ८८ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । तर सोमबार ६.४५ अंकले घटेर ११९१.७४ बिन्दुमा झरेको थियो । यो क्रमले आज मंगलबार पनि निरन्तरता पाएको छ ।

मंगलबार नेप्से परिसुचक ५.७१ अंकले घटेर ११८६.०३ विन्दुमा झरेको छ । यस दिन १६५ कम्पनीको १२ लाख ४१ हजार ८४३ कित्ता शेयर ४२ करोड १३ लाख रुपैयाँ बराबरमा किनबेच भए । सोमबारको तुलनामा कारोबार रकम करिब आधा कम हो । सोमबार ७९ करोड ८७ लाख रुपैयाँ कारोबार भएको थियो ।

मंगलबार ‘क’ वर्गका कम्पनीको सूचक मापन गर्ने सन्सेटिभ इन्डेक्स १.२७ अंकले घटेर २५२.४१ अंक झरेको छ ।

कारोबारमा आएका १० उप सूचक नकारात्मक रह्योे । सबै भन्दा धेरै जीवन बीमा कम्पनी २९.३६ अंकले घटेको छ । यस्तै निर्जीवन बीमा कम्पनी २४.३६, होटल २१.५, माइक्रोफाइनान्स १३.८४ र हाइड्रोपावर ११.०५ अंकले ओरालो लागेको छ ।

मंगलबार नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा धेरै रकमको शेयर कारोबार भएको छ । बैंकको ६ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भयो । यस्तै नेपाल इन्भेष्टमेन्ट बैंककै संस्थापक शेयर ५ करोड १९ लाख रुपैयाँको खरिदबिक्री भयो ।

एनएमबी बैंकको २ करोड ३१ लाख, प्राइम कर्मशियल बैंकको संस्थापक शेयर १ करोड १७ लाख, नेपाल बैंकको १ करोड ९५ लाख, एचआइडिसीएलको १ करोड ६० लाख र एनआइसी एशिया बैंकको १ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भयो । अन्य कुनै पनि कम्पनीको कारोबार रकम करोड नाघ्न सकेन ।

मल्टिप्रपोज फाइनान्स कम्पनीको शेयर मुल्य सबै भन्दा धेरै ९.८५ प्रतिशतले बढेको छ । प्राइम कर्मशियलको संस्थापक शेयरको मुल्य ६.३२ प्रतिशतले बढेको हो । यस्तै सिभिल लघुवित्तको शेयर मुल्य ४.६७ प्रतिशतले बढेका छन् ।

यसैगरी प्राइमलाइफ इन्स्योरेन्स, छयाङदी हाइड्रोपावर, रैराङ्ग हाइड्रोपावरको शेयर मुल्य करिब ३ प्रतिशतले बढेका छन् ।

यता एनएमबी बैंकको संस्थापक शेयरधनीले सबैभन्दा धेरै ९.३३ प्रतिशतले गुमाएका छन् । नागबेली लघुवित्त ५.५२, एनएमबी बैंक ४.४९, विजया लघुवित्तका शेयरधनीहरुले ३.७१ प्रतिशतले गुमाएका छन् ।

यस्तै बुटवल पावर, एनएमबी माइक्रोफाइनान्स, सुर्योउदय लघुवित्त, महिला सहयात्री, पन्चकन्या माई, एनएलजी इन्स्योरेन्को शेयर मूल्य २ प्रतिशत भन्दा बढीका घटेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।