भारतीय मुद्रामा ऋण ल्याउने व्यवस्थामा थप सहुलियत, यस्ता छन् नयाँ शर्त

Dec 25, 2018 Merolagani

नेपाल राष्ट्र बैकले बणिज्य बैकहरुले भारतीय बैकहरुबाट ऋण ल्याउन पाउने व्यवस्थालाई थप खुकुलो पारेको छ । राष्ट्रबैकले मंगलबार परिपत्र गर्दै कुल प्राथमिक पूँजीको ५० प्रतिशतसम्म कर्जा ल्याउन सक्ने जनाएको छ ।

यसरी ऋण लिँदा अन्य बिदेशी परिवत्र्य मुद्रामा ऋण लिएको भए सो समेत गरी कुल प्राथमिक पूँजीको ५० प्रतिशतको सीमामा रहेरमात्र लिन सक्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । 

राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति मार्फत घोषणा गरेको ब्यवस्थालाई कार्यान्वयन गर्न यस अघि जारी गरेको निर्देशनमा वाणिज्य बैंकहरुले कूल प्राथमिक पूँजीको २५ प्रतिशतसम्म भारतीय मुद्रामा ऋण लिन पाउने व्यस्था थियो । यसलाई परिमार्जन गरि ५० प्रतिशत पुर्याइएको हो ।

वणिज्य बैंकहरुले यस्तो कर्जा ल्याएर लगानी गर्न राष्ट्र बैंकले तोकेको शर्त भने पूरा गर्नुपर्नेछ । राष्ट्र बैंकको शर्त अनुसार वाणिज्य बैकहरुले पूर्वाधार निर्माण, नवीकरणीय उर्जा , कृषि, पर्यटन जस्ता क्षेत्रमा लगानीका लागि मात्र कर्जा ल्याउन सक्नेछन ।

यसअघि राष्ट्र बैंकले डलरमा ऋण ल्याउने बाटो खोलिदिएको थियो। डलरमा विदेशी वित्तीय संस्थाबाट कर्जा ल्याउन पाउने बाटो खुलेपछि एनएमबी बैंकले डेढ अर्ब रुपैयाँ अन्तर्रा्िष्ट्रय वित्त निगमबाट ल्याइसकेको छ। अन्य बैंकले पनि प्रकृया अगाडि बढाएका छन्। डलरमा ऋण ल्याइसकेका बैंकहरुले भारतीय मुद्रामा थप कर्जा ल्याउन चाहे डलरमा ल्याएको कर्जा रकम र भारतीय मुद्रामा ल्याउने कूल कर्जा रकम प्राथमिक पूँजीको ५० प्रतिशत भन्दा धेरै हुनु हुँदैन ।

राष्ट्र बैंकका अनुसार यस्तो कर्जा ल्याएर लगानी गर्ने बैंकहरुले राष्ट्र बैंकले तोकेको पूँजी कोष पुर्याएको, अन्तर्रा्ष्ट्रिय कारोबार गर्न प्रतिबन्ध नलागेको हुनुपर्नेछ । बैंकहरुले यस्तो ऋण एक बर्ष देखि ५ बर्षसम्मका लागि लिन पाउने व्यवस्था छ ।

लगानीयोग्य साधन बढाउने उद्देश्यले राष्ट्र बैंकले २०७४ चैत २० गते वाणिज्य बैंकहरुलाई आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म परिवत्र्य मुद्रामा बाह्य ऋण परिचालन गर्न पाउने व्यवस्था गरेको थियो भने गत कातिक २० गते भारतीय मुद्रामा पनि कर्जा ल्याउन सक्ने व्यवस्था गरेको थियो । बाणिज्य बैकहरुले यस्तो ऋण सन्चालक समितिवाट निर्णय गराएर मात्र लिन पाउने छन ।


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।