पुस १९ गतेदेखि साढे १५ करोडको आईपिओ जारी गर्न लागेको घलेम्दी हाइड्रोको यस्तो छ अवस्था

Dec 26, 2018 Merolagani

- तीर्थराज पौड्याल।
घलेम्दीखोला जलविद्युत आयोजना (GHL) को पुस १९ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा १५ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ३३  हजार ७७० कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा आउने भएको छ।

कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेको अवितरित शेयर सहित कूल १५ करोड ५५ लाख ७७ हजार रुपैयाँ बराबरको १५ लाख ५५ हजार ७७० कित्ता शेयर निष्काशन गरेको हो ।

जसमध्ये सामूहिक लगानी कोषका इकाईलाई ५५ हजार कित्ता तथा कर्मचारीलाई २२ हजार कित्ता छुट्टाइएको थियाे । सामूहिक लगानी कोषकाे तर्फबाट कुनै आवेदन नहुँदा  साे शेयर सहित १५ लाख ३३ हजार ७७० कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन गर्न सक्नेछन् । 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ । आईपिओमा धितोपत्र बोर्डबाट सि आश्वा सदस्यको अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन गर्न सकिनेछ । यसका अलवा मेरो शेयर प्रयोगकर्ताले सो सफ्टवेयरबाट अनलाईन आवेदन गर्न सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम पाँच हजार रुपैयाँ (५० कित्ता) देखि दश लाख रुपैयाँसम्म (१० हजार कित्ता) आवेदन गर्न पाउने व्यवस्था रहेको छ । कम्पनीको आईपिओ निष्काशन छिटोमा पुस २३ गते र ढिलोमा माघ १८ गते बन्द हुने बिक्री प्रबन्धक भिवोर क्यापिटलले जनाएको छ ।

मंसिर १६ गते आइतबार कम्पनीले आयोजना प्रभावितका लागि निष्काशन गरेर अवितरित भएको ४ लाख ५५ हजार ७७० कित्ता सहित कूल १५ लाख ५५ हजार ७७० कित्ता साधारण शेयर बिक्रीमा ल्याएको हो ।

इक्रा रेटिङ्ग ग्रेड ५ 

कम्पनीले निष्काशन गर्न लागेको आईपिओले रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनएपि आईपिओ ग्रेड ५ प्रमाणपत्र प्राप्त गरेको छ । जसले कम्पनीको आधारभुत अवस्था अत्यन्त कमजोर रहेको जनाउँछ ।

कस्तो छ कम्पनी ?

५५ करोड रुपैयाँ जारी पूँजी रहेको आयोजनामा संस्थापकको ७० प्रतिशत अर्थात ३८ करोड ५० लाख लगानी रहेको छ । आयोजनामा स्थानीयबासिन्दा र सर्वसाधारणको गरि ३० प्रतिशत अर्थात १६ करोड ५० लाख रुपैयाँ लगानी रहने छ ।

एक हजार ३०० जनाको ३५ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक शेयर रहेको सो आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले ५५ करोड लगानी गरेका छन् ।

कूल एक अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको ५ मेगावाटको घलेम्दी जलविद्युत आयोजना म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निमार्ण भइरहेको छ ।

नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत उत्पादनको तयारी गरेको छ ।

वि.सं. २०७१ देखि शुरु भएको आयोजनाको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको हो । प्रति मेगावाट लागत २३ करोड रुपैयाँ पर्ने यो आयोजनाले ८ वर्षसम्म कर्जा चुक्ता गर्ने कम्पनीले जनाएको छ ।

जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ। पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र जलविद्युतगृह निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चैत महिनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तिब्र गतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले जानकारी दिए ।

लगानी उठ्न ९ वर्ष लाग्ने

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा सञ्चालित यस आयोजनाले साधारण शेयर निष्काशन गर्न प्रकाशित गरेको विवरण पत्रमा आयोजनामा हुने साधारण लगानी फिर्ता हुन ८.७८ वर्ष समय लाग्ने जनाएको छ । डिस्काउन्टमा लगानीमा फिर्ता हुन लाग्ने समयावधि २०.७० वर्ष रहेको छ ।

यसअनुसार कम्पनीको साधारण शेयरमा लगानी गर्ने शेयरधनीले कम्तिमा ९ बर्ष लाभांशका लागि कुर्नुपर्ने देखिन्छ । कम्पनीले प्रकाशित गरेको विवरण पत्र अनुसार चालू आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको नेटवर्थ ७९.७० पैसा रहने उल्लेख छ । त्यस्तै कम्पनीमा लगानी गर्ने लगानीकर्ताले यस आर्थिक वर्षमा दुई करोड ६२ लाख ५७ हजार नोक्सनी रहने प्रक्षेपण गरिएको छ । जसअनुसार आयोजनामा लगानी गर्दा प्रतिकित्ता ४ रुपैयाँ ७७ पैसा नोक्सानी व्यहोर्नुपर्नेछ ।

 

आर्थिक वर्ष ०७७/७८ मा सम्ममा कम्पनीले दुई करोड ३५ लाख नाफा आर्जन गर्ने उल्लेख गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ५२ पैसा कायम हुने र प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७४ पैसा आम्दानी गर्ने विवरणपत्रमा उल्लेख छ ।

वि.सं. २०७० पुसमा विद्युत विकास विभागबाट ४ र २०७४ चैतमा थप १ मेगावाट गरि कूल ५ मेगावाटको अनुमति पाएको यस आयोजनाको विद्युत उत्पादन अनुमतिको अवधि ३० वर्ष रहेको छ । कम्पनीको विद्युत उत्पादन अनुमति वि.सं २१०५ पुससम्म बहाल रहनेछ ।

यसकारण लम्बियो निमार्ण समय र लागत

आयोजना ४ मेगावट हुँदा ६४ करोडमा सम्पन्न गर्ने लक्ष्इ थियो । पछि क्ष्मता बढाइएपछि ९४ करोड लागतमा वि.सं. २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिएको थियो । तर सुरुमा प्रतिमेगावाट १६ मेगावटमा सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाको लागत विविध कारणले कम्पनीको निमार्ण समयावधि लम्बिदाँ कम्पनीको लागत प्रतिमेगावाट २३ करोड प्रतिमेगावाट पुगेको छ ।

आयोजना निमार्णमा ढिलाइ हुने कारणमा भूकम्प, नाकाबन्दी, भौगोलिक विकटता र बैसरीमा कालीगण्डकी थुनिने गरी आएको पहिरोका कारण निर्माणमा ढिलाइ भएको कम्पनीका सदस्य राजेश शाक्यले बताउँछन्। वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रिया पनि आयोजना ढिलाइ हुनुको अर्को कारण भएको उनको भनाइ थियो ।

पहिले चार मेगावाट रहेको उक्त आयोजनाको क्षमता बढाएर ५ मेगावाट बनाइएको छ । भूकम्पपछि विद्युतगृह परिवर्तन गर्नुपरेका कारण क्षमता बढाइएको हो । चार मेगावाट हुँदा ६५ करोड रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाको निर्माण अवधि लम्बिएर क्षमता बढेसँगै लागत बढेर एक अर्ब १५ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।

म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा वि.सं. २०७१ कात्तिकदेखि निर्माण शुरु गरिएको उक्त आयोजनाको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङ निर्माण गरिएको थियो । आउटलेट (फोरवे) तर्फको एक हजार र बाँधबाट निर्माण गरिएको ६९५ मिटर सुरुङ प्लास्टर गर्ने काम भइरहेको छ ।

निलगिरिखोलाको बायाँ किनारमा विद्युतगृह निर्माणमा दैनिक करीब १०० मजदुर परिचालन भएका छन् । जलविद्युतगृहको छानो छाउने र प्लास्टर गर्ने काम बाँकी छ । आयोजनाको हेड (पावरहाउस देखि फोरवेसम्मको भाग) को दूरी १७५ मिटर अग्लो छ ।

घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत केन्द्रीय प्रसारणलाइनमा उक्त विद्युत जडान गरिने जनाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।