इन्भेष्टमेन्ट बैंकको १८ प्रतिशत बोनसपश्चात शेयरमूल्य समायोजन

Dec 26, 2018 Merolagani

नेपाल स्टक एक्सचेञ्जमा बुधबार इन्भेष्टमेन्ट बैंक (NIB) को शेयरमूल्य समायोजन भएको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेका बोनसको बुकक्लोजसँगै मूल्य समायोजन भएको हो ।

स्टक एक्सचेञ्जले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत बोनसलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले बैंकको बोनसपश्चात प्रतिकित्ता ५७७ रुपैयाँ १२ पैसामा शेयरमूल्य समायोजन गरेको हो । 

बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयर कारोबारमूल्यका आधारमा औसत आधारमूल्य ६६७ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश पारित गर्न गर्न पुस २९ गते राष्ट्रिय सभा गृह प्रदर्शनीमार्गमा बिहान १० बजे आह्वान गरेको ३२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

साथै बैंकले उपयुक्त बैंक तथा वित्तीय संस्था प्राप्ती गर्ने वा आफैँ एक आपमा गाभिने प्रयोजनका लागि संस्था छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सम्पत्ति तथा दायित्व मूल्याङ्कनकर्ता र लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण लगायतका आवश्यक सम्पूर्ण प्रकृयाका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्दैछ ।

त्यस्तै बैंकले सम्बन्धित निकायको स्वीकृती लिई बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सेवा प्रदान गर्ने व्यवस्था गर्नका लागि बैंकको प्रबन्धपत्र संसोधन गर्ने विशेष प्रस्ताव सभामा गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६४ करोड ५६ लाख रुपैयाँ रहेको छ भने बोनस वितरण प्रश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ५६ करोड १८ लाख रुपैंया पुग्नेछ ।

चालू आर्थिक वर्षको तीन महिना अवधिमा एनएफआरएस प्रणाली प्रतिवेदन अनुसार बैंकको खुद नाफा र फ्रि प्रोफिट दुबै एक अर्ब पाँच करोड ४६ लाख रुपैयाँ छ । जुन गत आवको यसै अवधिको तुलनामा १५ करोड ९६ लाख अर्थात १७.८४ प्रतिशतले बढी हो । बैंकको वार्षिक प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ६३ पैसा छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।