नबिल बैंक पनि क्लियरिङ्ग हाउसको कनेक्ट आइपिएसमा आबद्ध

Dec 26, 2018 Merolagani

नबिल  बैंक (NABIL)  पुस ९ गतेदेखि नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा आवद्ध भएको छ ।नेपाल क्लियरिङ्ग हाउसल पुस ९ गते सोमबारदेखि कारोबार शुरु गर्ने गरि नबिल बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको हो ।

बैंकका ग्राहकहरुले यस प्रणालीको डब्लु डब्लु डट कनेक्ट आईपिएस डट कम अथवा मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नेछन् । 

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्नसक्ने व्यवस्था रहेको छ ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् ।

उक्त प्रणालीमा उपलब्ध पेमेन्ट प्रोसेसर (गेटवे) जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । अनलाईन कारोबार रु. १ लाख सम्म र मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् ।

कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा हालसम्म ५१ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ४० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।