पुस ११ गते बुधबार एनसीसी बैंकको शेयर प्रतिकित्ता २१५ रूपैयाँ र बेष्ट फाइनान्स कम्पनी प्रतिकित्ता एक सय रूपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।
लिलामी शेयरमा आवेदन गर्दा दोस्रो बजारमूल्यलाई ध्यान दिनु एकदमै जरूरी हुन्छ ।
कम्पनीहरूको दोस्रो बजारमा हुने कारोबार मूल्यको आधारमा र यसअघि भएका लिलामी शेयरको कटअफ कति तल भएको त्यसको आधारमा कुन कम्पनीको शेयर कति मूल्यमा बोलकबोल गर्नुपर्ने निर्धारण गर्नु उपयुक्त्त हुन्छ । जसले न्यूनतम मूल्यमा शेयर सकार्नसक्ने अवस्था समेत आउनसक्छ ।
एनसीसी कै करिब ८० लाख कित्ता
एनसीसी बैंक (NCCB) ले बुधबारेदेखि ७९ लाख १० हजार ९९३ कित्ता शेयर लिलामीका ल्याएको छ । बैंकले ल्याएको लिलामी शेयर मध्ये ६५ लाख १६ हजार ७९५ कित्ता शेयर संस्थापक र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण शेयर रहेको छ ।
बैंकको हकप्रद शेयर बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट पुस २० गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
बोलपत्र आवेदन न्युनतम १०० रुपैयाँ तोकेर बोलपत्र पेश गर्नेपर्दछ । बोलपत्र पेश गर्दा संस्थापक एक हजार कित्तादेखि ६५ लाख १६ हजार ७९५ कित्ता र साधारण १०० कित्तादेखि लिलामीमा आएको सबै कित्ताको लागि आबेदन गर्न सकिनेछ ।
आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्छ । त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उललेख गर्नुपर्छ ।
एनसीसीले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको शेयर बैंकले लिलामीमा ल्याएको हो ।
बेष्ट फाइनान्सकाे शेयरमूल्य एक सय मात्र
बेष्ट फाइनान्स कम्पनी (BFC) ले आफूमा विलय भएको साबिकको सिनर्जी फाइनान्सको ८ लाख ५ हजार ८४ कित्ता शेयर बुधबारदेखि लिलामीमा ल्याएको छ ।
फाइनान्सको ५ लाख ५७ हजार ७७४.५७ कित्ता संस्थापक शेयर र २ लाख ५ हजार ८४.४७ कित्ता सर्वसाधारण तर्फको शेयर लिलामीमा ल्याएको हो ।
इच्छुक लगानीकर्ताहरुले प्रभु क्यापिटल, कमलादी काठमाडौं, बेष्ट फाइनान्सका केन्द्रिय कार्यालय सहित बुटवल, नेपालगंज, कपिलवस्तु, नवलपरासी, दाङ र पोखराका शाखा कार्यालयहरुवाट आबेदन फाराम लिई भुझाउन सकिन्छ ।
त्यस्तै प्रभु बैंकको आदर्शनगर विरगंज, जलजलाचोक विराटनगर, विरेन्द्रनगर सुर्खेत र गोदावरी रोड धनगढी शाखाबाट पनि आबेदन बुझाउन सकिने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।
सिनर्जी फाइनान्सले १ बराबर ०.२५ कित्ताको अनुपातमा अर्थात २५ प्रतिशत हकप्रद शेयर गत असार २५ गते देखि निष्काशन गरेको थियो । कूल ११ लाख ८६ हजार २२.४७ कित्ता हकप्रद निष्काशन गरेकोमा ३ लाख ८० हजार ९३८ कित्ताका मात्र बिक्री भएपछि बाँकी शेयर लिलामीमा ल्याएको हो ।
जसकाे शेयर काराेबार एक सय रूपैयाँ हाराहारी मै भैरहेकाे छ । ८१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा प्रतिशेयर आम्दानी ५० पैसा छ ।