भारतमा ३० बैंकका दश लाख कर्मचारी हड्तालमा, आज दिनभर काम ठप्प हुने

Dec 26, 2018 Merolagani

भारतमा २१ सरकारी र ९ पुराना निजी बैंकका १० लाख कर्मचारी बुधबार दिनभर हडतालमा बस्ने भएका छन् । यूनाइटेड फेरम अफ बैंक यूनियनको आग्रहमा उक्त हडताल गर्न लागिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

हड्तालमा बैंक कर्मचारीका तर्फबाट ४ र सरकारी अधिकारीहरुका तर्फबाट ५ यूनियन शामिल छन् । सरकारी बैंकहरुमा मर्जरको विरोधमा र तलब वृद्धिको माग गर्दे कर्मचारीहरुले हड्तालको निर्णय लिएको बताइएको छ ।

इन्डिया बैंक एसोसिएशनले ८ प्रतिशत तलब वृद्धिको प्रस्ताव दिएको छ । तर बैंक कर्मचारी संघले उक्त प्रस्ताव स्वीकार गरेका छैनन् । सन् २०१७ को नोभेम्बर महिनादेखि बैंक कर्मचारीको तलब बेरुजु छ ।

नेशनल अर्गनाइजेशन अफ बैंक वर्कर्सका अनुसार, बैंकमा सर्वसाधारणहरुको पनि शेयर रहेको छ । त्यसैले सरकारले कुनै पनि निर्णय आफैँ लिन सक्दैन । उनीहरुको माग रहेको छ कि, सबै सम्बन्धित पक्षहरुसँग वार्तापछि मात्र निर्णय हुनुपर्छ ।

कर्मचारी यूनियनले एक हप्ता नबित्दै गरेको यो दोस्रो हड्ताल हो । अल इन्डिया बैंक अफिसर्स कन्फेडरेसशन (एआईबीओसी) सँग सम्बन्धित कर्मचारीहरु शुक्रबार हडतालमा पनि थिए । आज दिनभर पनि बैंकका कुनै प्रकारको काम नहुने बताइएको छ । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।