मंगलबार नै राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले अर्थ समितिको बैठकमा एक दुई दिनमा कार्यदलले दिएको सुझाबका आधारमा निर्देशन जारी हुने बताएका थिए ।
शेयर बजारका समस्याहरु सम्बोधन हुने आशामा बजार खुल्नासाथ लगानीकर्तामा केहि उत्साह देखियो । कारोबार खुलेको सुरुवाती समयमै बजारले बढ्ने संकेत देखायो ।
बजार चलिनै रहदा एक्कासी राष्ट्र बैंकको निर्देशन आयो । यसले शेयरबजारमा थप उत्साह जागेपछि बजार तथा कारोबार रकम बढ्न थाल्यो । बुधबार नेप्से ३०.२६ अंकले बढेर १२१६.२७ अंकमा पुगेको छ । यसदिन १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर ६९ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भए ।
राष्ट्र बैंकले रिस्क वेटेज १०० मा झार्यो, शेयर धितोकर्जाको सीमा ६५ प्रतिशत, अरु के-के भयो ?
स्प्रेड दर घटाउन राष्ट्र बैंकको निर्देशन, तोकेको समयभित्र नघटाए कारबाही
कारोबारमा आएका सबै समूहका सूचका उकालो लाग्दा १६२ कम्पनीको शेयरमूल्य बढेको छ भने ११ कम्पनीको शेयरमूल्य मात्र घटेको छ । आधादर्जन कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ । सबैभन्दा धेरै नेपाल बैंकको चार करोड ३६ लाख बराबरको शेयर किनबेच भयो ।
राष्ट्र बैंकले स्प्रेड दर घटाएको छ । संस्थागत निक्षेपको सीमा ४५ बाट बढाएर ५० प्रतिशत पुर्याएको छ । आधार दर गणना विधि परिमार्जन गरेको छ ।
यसैगरी शेयर धितो कर्जा दिँदा मूल्यांकनको ५० प्रतिशतको सीमालाई बढाएर ६५ प्रतिशत गरेको छ । रिक्स वेटेजलाई १५० बाट १०० प्रतिशतमा झारेको छ । शेयर धितो ऋण दिने सीमा बढाएर कोर क्यापिटलको २५ प्रतिशतबाट ४० प्रतिशत पुर्याएको छ ।
त्यस्तै बैंकहरुलाई सहायक कम्पनी खोली शेयर ब्रोकरको काम गर्न नीतिगत व्यवस्था गरेको छ ।