कारोबारमा आएका सबै समूहका सूचका उकालो लाग्दा १६२ कम्पनीको शेयरमूल्य बढेको छ । जसमा आधादर्जन कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशतका दरले बढेको छ । ११ कम्पनीको शेयरमूल्य मात्र घटेको हो । ।
बुधबारको बजारमा गुमाउने कम्पनीहरुमा गण्डकी विकास बैंक पहिलो नम्बरमा रहेको छ । बैंकको शेयरमूल्य ५.७९ प्रतिशत घटेर १९५ रुपैयाँमा झरेको छ । बैंकले १४.२० प्रतिशत नगद लाभांश र साधारण सभाका लागि बुधबार बुकक्लोज गरको हो । बैंकको नगद लाभांश शेयरमूल्यको १० प्रतिशत नपुगेका कारण शेयरमूल्य समायोजन हुन नसकेपनि बुकक्लोज कै दिन शेयरमूल्य उच्च गिरावट आएर समायोजन भएको देखिएको छ ।
बुलिस मार्केटमा गुमाउने दोस्रो कम्पनी अरुण भ्याली हाइड्रोपावर कम्पनी रहेको छ। कम्पनीको शेयरमूल्य ३.६० प्रतिशतले घटेर १०७ रुपैयाँमा झरेको छ ।
सर्पोट माइक्रोफाइनान्स, छ्याङ्दी, रैराङ हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट बैंक, ललितपुर फाइनान्स, वल्ड मर्चेन्ट बैंकिङ्ग फाइनान्स, कालिका पावर कम्पनीका शेयधनीले पनि एक प्रतिशत बढीले गुमाएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक शेयर र जनउत्थान सामूदायिक लघुवित्तको शेयरमूल्य पनि एक प्रतिशत बढीले घटेको छ । इन्भेष्टमेन्ट बैंकको बुधबार नै १८ प्रतिशत बोनसपश्चात शेयरमूल्य समायोजन भएको थियो । २२ प्रतिशत नगदमा मूल्य समायोजन नभएपनि बजारमा बैंकको शेयरमूल्य घट्दा नगद लाभांशमा पनि समायोजन भएको लगानीकर्ताको बुझाइ छ ।
बुधबार नेप्से ३०.२६ अंकले बढेर १२१६.२७ अंकमा पुगेको छ। यसदिन १७३ कम्पनीको १९ लाख १०३ कित्ता शेयर ६९ करोड २६ लाख रुपैयाँ बराबरमा किनबेच भएका छन् ।
राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै बैंकहरुलाई सहायक कम्पनी खोली शेयर ब्रोकरको काम गर्न नीतिगत व्यवस्था गरेको छ । यसैगरी शेयर धितो कर्जा दिँदा मूल्यांकनको ५० प्रतिशतको सीमालाई बढाएर ६५ प्रतिशत गरेको छ । रिक्स वेटेजलाई १५० बाट १०० प्रतिशतमा झारेको छ ।
वाणिज्य बैंकहरुकलाई प्राथमिक पूँजीको २५ प्रतिशतबाट बढाएर ४० प्रतिशतसम्म शेयर धितो ऋण दिने सीमा बढाएको थियो । जसले आइतबारपछि सातामा दोस्रो दिन बुधबार शेयर बजार ३० अंक बढीले बढेको हो ।