यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने हुनाले ती कम्पनीको लाभांश पाउन पुस १२ गते बिहीबारसम्म शेयरधनी बन्नुपर्ने हुन्छ ।
बिहीबारसम्म कायम रहने शेयरधनीहरुले मात्र सम्बन्धित कम्पनीको लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।
बिहीबार लाभांश सुरक्षित गर्ने ९ कम्पनीकाे लाभांश र मुख्य एजेण्डा निम्नअनुसार रहेका छन् :-
१. ग्लोबल आइएमई बैंक (GBIME)
- पुस २७ गते १२ औं वार्षिक साधारण सभा (नक्साल व्याङक्वेट, १० बजे)
- चुक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर
- बैंकको अधिकृत पूँजी १६ अर्ब रुपैयाँ कायम गर्ने
- उपयुक्त संस्थासँग मर्जर/प्राप्तीमा गर्न सञ्चालक समितिलाई अख्तियारी
- सञ्चालकहरुको नियुक्ती लगायतका रहेका छन्।
२. नेपाल बंगलादेश बैंक (NBB)
- पुस २६ गते १२ औं वार्षिक साधारण सभा (राष्ट्रिय सभा गृह, १० बजे)
- चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश
- बैंकको सहायक कम्पनी स्थापना गरि स्टक ब्रोकर कार्य गर्ने व्यवस्था थप गर्ने लगायतका रहेका छन्।
३. नेपाल दुरसञ्चार कम्पनी (NTC)
- पुस ३० गते एघारौं वार्षिक साधारण सभा (त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली ३ बजे)
- चुक्ता पूँजीको ५५ प्रतिशत नगद लाभांश लगायतका रहेका छन्।
४. फरवार्ड कम्यूनिटी माइक्रोफाइनान्स (FOWAD)
- पुस २९ गते छैटौं वार्षिक साधारण सभा (केन्द्रीय कार्यालय दुहवी, सुनसरी ११ बजे)
- चुक्ता पूँजीको २५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश
- जारी र चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संसोधन लगायतका रहेका छन्।
५. काबेली विकास बैंक (KEBL)
- पुस २८ गते एघारौँ वार्षिक साधारण सभा ( होटल चिप एण्ड बेष्ट, धनकुटा १२ः३० बजे )
- चुक्ता पूँजीको ३५ प्रतिशत बोनस शेयर
- मर्जर/प्राप्तीका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी
- जारी र चुक्ता पूँजी वृद्धि गर्ने लगायतका रहेका छन्।
६. एनएमबि माइक्रोफाइनान्स (NMBMF)
- पुस २९ गते छैटौं वार्षिक साधारण सभा ( ह्वाइट हाउस पार्टी प्यालेस, सृजनाचोक पोखरा ११ बजे)
- चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर
- बोनसपछि कायम चुक्ता पूँजीको १५० प्रतिशत हकप्रद जारी गर्ने
- लघुवित्तको नाम परिवर्तन
- जारी र चुक्ता पूँजी वृद्धि गर्ने लगायतका रहेका छन्।
७. आरएसडिसी लघुवित्त (RSDC)
- पुस २९ पाँचौ वार्षिक साधारण ( बुटवलमा
- चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश
- संस्थापक तर्फबाट प्रतिनिधित्व गर्ने ४ र एक जना स्वतन्त्र सञ्चालकको निर्वाचन
- जारी र चुक्ता पूँजी वृद्धि गर्ने लगायतका रहेका छन्।
८. सिर्जना फाइनान्स (SFFIL)
- पुस २८ गते अठारौं वार्षिक साधारण सभा (मोरङ्ग व्यापार संघको सभाकक्ष विराटनगर ११ बजे)
- चुक्ता पूँजीको १५ प्रतिशत बोनस ९.५० प्रतिशत नगद लाभांश
- बोनस पश्चात कायम पूँजीको ६० प्रतिशत हकप्रद
- संस्थापक २ र सर्वसाधारण २ गरि चार जना सञ्चालकहरुको निर्वाचन
- जारी र चुक्ता पूँजी वृद्धि गर्ने लगायतका रहेका छन्।
९. अपि पावर कम्पनी (API)
- पुस २४ गते पन्ध्रौं वार्षिक साधारण सभा (कार्की ब्याक्वेट बबरमहल १० बजे)
- चुक्ता पूँजीको ५ प्रतिशत बोनश शेयर
- सञ्चालक समितिको संरचना परिवर्तन तथा निर्वाचन लगायतका रहेका छन्।