गुडविल फाइनान्सका शेयरधनीले नगद लाभांश मात्र पाउने

Dec 27, 2018 Merolagani

गुडविल फाइनानस (GFCL) का शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश मात्र पाउने भएका छन्। फाइनान्स कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट करअघि प्रतिशेयर नगद लाभांश ५.२६३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो। 

फाइनान्सको सञ्चालक समितिको पुस ११ गते बसेको ३२४ औं बैठकले चुक्ता पूँजीको ५.२६३ प्रतिशतले हुन आउने  ४ करोड २१ लाख ५ हजार २६३ रुपैयाँ  १६ पैसा लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र फाइनान्सकाे आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो । 

गत वर्ष फाइनान्सले ६ करोड ५४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गुडविल फाइनान्स कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीलाई १०.१९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

८० करोड रुपैयाँ  चुक्ता पूँजी रहेको  गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले एक करोड ४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३  पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।