लघुवित्तले २ करोड २५ लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न माग गर्दै पुस १० गते धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ र चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ ।
लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । २२ वटा शाखा कार्यालय रहेको लघुवित्तले पूर्वका १० जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएको छ ।