क्लियरिगं हाउसको कनेक्ट आईपिएस प्रणालीको प्रयोगकर्ताले ब्रोकरको मात्र नभई सरकारी राजश्व, एक बैंकबाट अर्को बैंकमा समेत सिधै रकमान्तर गर्न सक्छन् ।
यसका साथै वालेट टपअप, ९ वटा बैंकको क्रेडिट कार्ड पेमेण्ट लगायतका सेवा पनि एकै स्थानबाट पाइने कनेक्ट आईपिएसले चेकबाट कारोबार हुँदा पर्ने झण्झटको अन्त्य हुने विश्वास लिएको छ ।
यसका लागि सबैभन्दा पहिले कनेक्ट आईपिएस डटकम लगइन गरेर आफ्नो खाता खोल्नु पर्छ । कनेक्ट आईपिएसको खाता खाले पछि आफ्नो बैंक खातालाई एक पटक इन्टिग्रेट गर्नु पर्ने हुन्छ । यसका लागि बैंक एकाउण्ट शिर्षकमा गएर बैंक खाताका विबरण उपलब्ध गराउनु पर्छ ।
यति गरे पछि सिष्टमले उपलब्ध गराएको कागजात प्रिण्ट नागरिकताको एक प्रतिसहित बैंकमा पुग्नु पर्छ । बैंकले उक्त फारम प्रमाणीकरण गरे पछि यो प्लेटफर्मबाट सिधै पैसा पठाउने तथा रकम भुक्तान गर्न सकिन्छ ।
उल्लेखित प्रकृया पुरा गरेर खाता सुचारु भए पछि क्रेडिटर्स शिर्षकमा अहिले ३ किसिमका भुक्तानी सेवा देखिन्छन्, क्रेडिट कार्ड, वालेट र स्टक ब्रोकर । जसलाई माथिको निलो रंगको चित्रमा देखाइएको छ ।
स्टक ब्रोकरमा गए पछि तपाईले यस्तो पेज देख्नु हुनेछ । जहाँ ३४ वटा शेयर दलाललाई आफ्नो क्लाइनट आईडी र तिर्नु पर्ने रकम मात्र उल्लेख गरेर रकम भुक्तान गर्न सकिन्छ । यस क्रममा ब्रोकरको बैंक खाता लगायतका विबरण आवश्यक नपर्ने भएकाले लगानीकर्तालाई सजिलो हुने क्लियरिगं हाउसले जनाएको छ ।
कनेक्ट आईपिएसमा आबद्ध ३४ वटा शेयर दलालहरु :
यसका साथै कनेक्ट आईपिएसका प्रयोगकर्ताका साथै ४० वटा बैंक तथा वित्तीय संस्थामा खाता रहेका व्यक्तिको खातामा सिधै रकमान्तर गर्न सकिन्छ ।
कनेक्ट आईपिएसमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरु :