नेपाल टेलिकमकाे बजार पूँजीकरण उच्च, धेरै पूँजीकरण हुने दश कम्पनीभित्र आठ वाणिज्य बैंक

Dec 30, 2018 Merolagani

शेयर बजारमा सूचीकृत कम्पनीहरूमध्ये नेपाल दूरसञ्चार कम्पनी (NTC) काे बजार पूँजीकरण सबैभन्दा धेरै रहेकाे छ। सरकारी स्वामित्वमा सञ्चालित दूरसञ्चार सेवा प्रदायक यस कम्पनीकाे चुक्ता पूँजी १५ अर्ब रहेकाे छ भने यस सातमा बजार पूँजीकरण सबैभन्दा धेरै रहेकाे छ।  धेरै पूँजीकरण हुने दश कम्पनीभित्र आठ वाणिज्य बैंक समेटिएका छन् ।

बजार पूँजीकरणका आधारमा यस साता पनि नेपाल टेलिकम शिर्ष स्थानमा नै रहेकाे छ। सो कम्पनीको  एक खर्ब १९ अर्ब ५५ करोड रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको छ।

यस्तै दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक छ। सो बैंकको ७१ अर्ब ७२ करोड ७९ लाख रुपैयाँ बराबरको बजार पूँजीकरण रहेको छ ।

बजार पूँजीकरणकाे आधारमा तेस्रो स्थानमा रहेकाे नबिल बैंककाे ६९ अर्ब ५३ करोड ३९ लाख, चौथोमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकाे  ५० अर्ब ७८ करोड ४५ लाख, पाँचौँमा स्ट्याण्डर्ड चार्टड बैंककाे  ४९ अर्ब ९१ करोड १२ लाख र छैटौँ स्थानमा रहेकाे एभरेष्ट बैंककाे बजार पूँजीकरण ४४ अर्ब १४ करोड ७७ लाख रहेको छ ।

स्टकका अनुसार गत साताको कारोवारका आधारमा सातौँमा हिमालयन बैंककाे ४२ अर्ब १९ करोड ३८ लाख, आठौँमा एनआइसी एशिया बैंककाे ३४ अर्ब ३६ करोड ५१ लाख, नवौं स्थानमा रहेकाे नेपाल एसबिआई बैंककाे ३४ अर्ब ३६ करोड २ लाख  रूपैयाँ र दशौँमा एनएमबी बैंककाे बजार पूँजीकरण ३२ अर्ब ४१ करोड ३२ लाख रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।