युनिभर्सल पावरको २१ करोड रूपैयाँ बराबरको आईपिओ खुल्यो,पुस २९ गतेसम्म आवेदन गर्नसक्ने

Dec 30, 2018 Merolagani

युनिभर्सल पावर कम्पनी (UPCL) ले आजदेखि (पुस १५ गते) एक सय रुपैयाँ अंकित दरको २१ करोड ३५ हजार रुपैयाँ बराबरको २१ लाख ३५० कित्ता साधारण शेयर निष्काशन खुला गरेको छ ।

यस आईपिओ आयोजना प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरिशंकर, कालिञ्चोक, र विगु गाउँपालिकाका स्थानीयहरुले मात्र आवेदन गर्न पाउनेछन् ।

कम्पनीले आईपिओ निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

स्थानीयहरुले हिमालयन बैंक गौरिशंकर शाखा, सिद्धार्थ बैंक, एनआईसी एशिया, महालक्ष्मी विकास बैंक, र सिन्धु विकास बैंकको चरिकोट शाखा कार्यालय तथा सिन्धु विकास बैंकको मुडे र सिंगटी शाखा कार्यालयबाट पनि आइपिओमा आवेदन गर्न सक्नेछन् । आईपिओमा आवेदन गर्ने अन्तिम दिन पुस २९ गतेसम्म रहेको छ ।

स्थानीयले यस आईपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन गर्न सक्नेछन् ।

वित्तीय अवस्था औसतभन्दा कमजोर, आईपिओ रेटिङ्ग ग्रेड ४

 कम्पनीले निष्काशन गर्ने साधारण शेयरलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले 'इक्रा एनएपि आईपिओ ग्रेड ४' प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसतभन्दा कमजोर रहेको जनाउँछ ।

युनिभर्सल पावर कम्पनीले जारी पूँजीको ४६ प्रतिशत (९६ करोड ६१ लाख ६१ हजार रुपैयाँ बराबरको) साधारण शेयर जारी गर्नेछ। जसमध्ये पहिलो चरणमा १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दालाई २१ लाख ३५० कित्ता र दोस्रो चरणमा संस्थाका कर्मचारी, म्युचुअल फण्ड र सर्वसाधारणलाई गरि ७५ लाख ६१ हजार २६० कित्ता आईपिओ निष्काशन गरिने कम्पनीले जनाएको छ ।

कस्तो छ आयोजना ?

दोलखामा ११ मेगावाट क्षमताको तल्लो खारेखोला आयोजना निर्माण गरिरहेको युनिभर्सल पावर कम्पनीमा ८८ प्रतिशत सीईडीबी हाइड्रो फण्ड लिमिटेडको शेयर स्वामित्व छ ।

आयोजना बनाउन प्रतिमेगावाट १८ करोड ५५ लाख रुपैयाँका दरले २ अर्ब ४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

कम्पनीको २०७४ माघ ११ गते सम्पन्न विशेष साधारण सभा मार्फत साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको थियो । जस अनुसार स्थानीयका लागि गत जेठ १८ गते आइपिओ निष्काशनको अनुमति माग्दै कम्पनीले धितोपत्र बोर्डमा निवेदन पेश गरेकोमा बोर्डबाट मंसिर २७ गते गते अनुमति पाएको थियो ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब १३ करोड ४१ लाख ८९ हजार रुपैयाँ र जारी पूँजी दुई अर्ब १० करोड तीन लाख ५० हजार रूपैयाँ छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।