आइतबार तीन वाणिज्य बैंकहरु हिमालयन बैंक, जनता बैंक, र मेगा बैंक तथा महुली सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
त्यसैगरि पूर्णिमा विकास बैंकले पनि सोमबारदेखि बुकक्लोज गर्ने भएकाले लाभांश पाउन आइतबारसम्म शेयरधनी बनिसक्नुपर्नेछ ।
नयाँ नेपाल लघुवित्त र दिब्येश्वरी हाइड्रोपावरले भने लाभांश बिना नै साधारण सभा आह्वान गरेका छन् । जसअनुसार आइतबारसम्म कायम रहने सम्बन्धित कम्पनीका शेयरधनी मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।
लाभांश सुरक्षित गर्ने सम्बन्धित कम्पनी र उनिहरुले साधारण सभाबाट अनुमोदन गराएर बाँड्ने लाभांश सहितको मुख्य एजेण्डा निम्न अनुसार रहेका छन् ।
१. हिमालयन बैंक (HBL)
- पुस ३० गते छब्बीसौं वार्षिक साधारण सभा ( कार्की ब्याङक्वेट, माईतीघर बिहान ११ बजे)
- चुक्ता पूँजीको १०.७८९ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने
- बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सम्बन्धि कार्य गर्ने व्यवस्था प्रबन्धपत्रमा थप गर्ने
- मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
२. जनता बैंक (JBNL)
- पुस २९ गते नवौँ वार्षिक साधारण सभा ( अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट, बत्तिसपुतली बिहान ११ बजे)
- चुक्ता पूँजीको ८.५० प्रतिशत नगद लाभांश (६८ करोड ६६ हजार रुपैयाँ बराबरको)
- मर्जर/प्राप्तीमा तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
- बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सम्बन्धि कार्य गर्ने व्यवस्था प्रबन्धपत्रमा थप गर्ने लगायत ।
३. मेगा बैंक (MEGA)
- पुस ३० गते आठौं वार्षिक साधारण सभा ( राष्ट्रिय सभागृह, प्रदशनीमार्ग बिहान ११ बजे)
- चुक्ता पूँजीको १.००२३३ प्रतिशत बोनस शेयर र ६.८५ प्रतिशत नगद लाभांश
- मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
- बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सम्बन्धि कार्य गर्ने व्यवस्था प्रबन्धपत्रमा थप गर्ने लगायत ।
४. पूर्णिमा विकास बैंक (PURBL)
- पुस २७ गते एघारौँ वार्षिक साधारण सभा (होटल पौवा प्रा.लि रुपन्देही, बिहान ९ बजे)
- चुक्ता पूँजीको ५ प्रतिशत बोनस, ६.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने
- मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायत ।
५. महुली सामुदायिक लघुवित्त (MSLB)
- पुस २९ गते छैटौं वार्षिक साधारण सभा ( केन्द्रीय कार्यालय सप्तरीमा, बिहान ११ बजे)
- चुक्ता पूँजीको २० प्रतिशत बोनस, १.०५३ प्रतिशत नगद लाभांश पारित गर्ने
- मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
- पूँजी वृद्धि र कार्यक्षेत्र विस्तार
- वित्तीय संस्थाको नाम र रजिष्ट्रार कार्यालय परिवर्तन
- सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन लगायत ।
६. नयाँ नेपाल लघुवित्त (NNLB)
- पुस ३० गते दशौं वार्षिक साधारण सभा (होटल प्यारडाइज इन पली धुलिखेल बिहान ११ बजे)
- शुन्य लाभांश (साधारण सभामा प्रतिनिधित्व जनाउन पाउने)
- मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
- सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक निर्वाचन गर्ने लगायत ।
७. दिब्येश्वरी हाइड्रोपावर (DHPL)
- पुस ३० गते चौंथो, पाँचौं र छैटौं वार्षिक साधारण सभा ( योगाम्बर व्याङ्वेट नेशनल ट्रेडिङ्ग कम्पाउण्ड भित्र बग्गीखाना छेउ सिंहदरबार बिहान ११ बजे)
- शुन्य लाभांश (साधारण सभामा प्रतिनिधित्व जनाउन पाउने)
- कम्पनीको प्रबन्धपत्र तथा नियमाबली संसोधन गर्ने
- सञ्चालक समितिमा संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुकाे निर्वाचन वा मनोनयन गर्ने लगायत ।