पाँचथर पावरले पायो आइपिओ जारी गर्ने अनुमति, १९ लाख कित्ता आउने

Dec 30, 2018 Merolagani

पाँचथर पावर कम्पनीलाई आइपिओ निष्काशन गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ । बोर्डले कम्पनीलाई स्थानीय र सर्वसाधारलाई गरी १९ करोड २५ लाख रुपैयाँ बराबरको कुल १९ लाख २५ हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको हो ।

जस अनुसार कम्पनीले ९ लाख ६२ हजार ५०० कित्ता स्थानियलाई र त्यतिनै कित्ता सर्वसाधारणमा जारी गर्नेछ । आइपिओ निष्काशन गर्न कम्पनीले पुस १३ गते बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको यस अघिनै आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरीसकेको छ ।

कम्पनीले जारी पुँजीको ८० प्रतिशत अर्थात ७७ करोड रुपैयाँ पुँजी कायम गरीसकेको छ भने बाँकी २० प्रतिशतको आइपिओ निष्काशन गर्ने प्रकृया थालेको हो ।

कम्पनीले निष्काशन गर्न लागेको आइपिओलाई केयर नेपालले ‘केयरएनपी आइपिओ ग्रेड ४’ दिएको छ । यसले औषत भन्दा कम्जोर वित्तीय अवस्था रहेको जनाउछ ।

कम्पनीले पाँचथर जिल्लामा १४.९ मेगावाटको हेवाखोला ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले २०७३ माघ २२ गते देखिनै विजुली उत्पादन गरीरहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।