आइतबार एकैदिन नेप्सेमा आधा दर्जन कम्पनीको शेयरमूल्य समायोजन

Dec 30, 2018 Merolagani

सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनसका लागि बुकक्लोज गरेसँगै एकैदिन नेप्सेमा धेरैवटा कम्पनीको शेयरमूल्य समायोजन हुन थालेको छ। नेप्सेले आइतबार ६ वटा कम्पनीको बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन गरेको हाे । 

शेयरमूल्य समायोजन हुने कम्पनीहरुमा ग्लोबल आइएमई बैंक, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स, काबेली विकास बैंक, आरएसडीसी लघुवित्त, एनएमबि माइक्रोफाइनान्स र सिर्जना फाइनान्स रहेका छन् ।

ग्लोबल आइएमई बैंक (GBIME) को १६ प्रतिशत बोनस शेयर पश्चात आइतबार नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बैंकको १६ प्रतिशत बोनसपछि बैंकको समायोजित शेयरमूल्य प्रतिकित्ता २७९ रुपैयाँ ३१ पैसा कायम भएको छ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा बैंकको औसत आधार मूल्य ३३४ रुपैयाँ १६ पैसा निर्धारण भएको नेप्सेले जनाएको छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स (FOWAD) को २५ प्रतिशत बोनस शेयर पश्चात मूल्य समायोजन भएको छ । लघुवित्तको बोनसपछि प्रतिकित्ता १४८७ रुपैयाँ २० पैसामा शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा लघुवित्तको औसत आधार मूल्य १२८१ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

त्यसैगरि काबेली विकास बैंक (KEBL) को ३५ प्रतिशत बोनस पश्चात प्रतिकित्ता २४० रुपैयाँ ७४ पैसामा शेयरमूल्य समायोजन भएको छ । यस विकास बैंकको औसत आधार मूल्य ३६१ रुपैयाँ ८७ पैसा रहेको नेप्सेले जनाएको छ ।

आरएसडीसी लघुवित्त (RSDC) को १० प्रतिशत बोनस शेयरमा मूल्य समायोजन हुँदा प्रतिकित्ता समायोजित मूल्य ३९८ रुपैयाँ १८ पैसा कायम भएको छ । लघुवित्तको औसत आधार मूल्य ५८९ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ ।

यसैगरी एनएमबि माइक्रोफाइनान्स (NMBMF) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको १५ प्रतिशत बोनसको बुकक्लोजसँगै लघुवित्तको शेयर प्रतिकित्ता ११६१ रुपैयाँ ७४ पैसा निर्धारण गरिएको छ । नेप्सेले यस कम्पनीको नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा औसत आधार मूल्य १३०९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

आइतबार नै सिर्जना फाइनान्स (SFFIL) को पनि शेयरमूल्य समायोजन भएको छ। फाइनान्सको १५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । फाइनान्सको १५ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता २३२ रुपैयाँ १७ पैसा कायम भएको छ ।

नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा फाइनान्सको आधार मूल्य २८० रुपैयाँ ९ पैसा निर्धारण भएको छ ।

आइतबार ६ वटै कम्पनीको शेयर कारोबार नेप्सेले समायोजन गरेको शेयरमूल्यका आधारमा खुलेको हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।