सानिमा बैंकको ऋणपत्रमा आवेदन गर्ने सोमबार अन्तिम दिन, सबै बिक्ला ?

Dec 30, 2018 Merolagani

सानिमा बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन गर्ने सोमबार अन्तिम दिन रहेको छ । कार्तिक ३० गते देखि खुल्ला गरिएको कुल ३ लाख ८० हजार कित्ता ऋणपत्रमा आइतबारसम्म एक लाख ३४ हजार ९१२ कित्ताको लागि मात्रै आबेदन परेको छ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्रीप्रबन्धक काठमाडौं क्यापिटल मार्केट मर्चेन्ट बैंकिङ्गका अनुसार करिब डेढ महिना सम्मको अवधिमा दुई हजार ७६६ जनाले एक लाख ५४ हजार ९१२ कित्ता माग गर्दै आबेदन परेको छ । यस अनुसार अझै २ लाख ४५ हजार ८८ कित्ता बिक्री हुन बाँकी छ ।

बैंकको ऋणपत्र तोकिएको अवधिमा बिक्री नभएपछि पुस २ गते देखि १५ दिन समय थप गरेको थियो । अब बैंकको ऋणपत्रमा इच्छुक लगानीकर्ताले भोलि पुस १६ गते सम्म मात्रै आबेदन गर्न सक्नेछन् ।

बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरको ३८ करोड रुपैयाँ रुपैयाँ बराबरको ऋणपत्र निष्काशनमा ल्याएको थियो ।

ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम ३ लाख ८० हजार कित्ता अर्थात ३८ करोड रुपैयाँसम्म आवेदन दिन पाउने व्यवस्था छ । दश वर्ष अवधिको ‘१० प्रतिशत सानिमा डिबेन्चर–२०८५’ मा यो वार्षिक १० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

सानिमा बैंकले कूल २ अर्ब रुपैयाँको एक हजार रुपैयाँ अंकित दरका २० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । जसमध्ये ३ लाख ८० हजार कित्तामा सर्वसाधारणलाई, २० हजार कित्ता सामूहिक लगानी कोषलाई र १६ लाख कित्ता व्यक्तिगत तरवबाट बिक्री गरिनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।