आठ कम्पनीको मंगलबार बुकक्लोज, लाभांश पाउन सोमबारसम्म शेयरधनी बन्नुपर्ने, साधारण सभा कहिले ?

Dec 31, 2018 Merolagani

लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि पुस १७ गते मंगलबारदेखि ८ कम्पनीहरुले शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएका छन्। यसअनुसार पुस १६ गते सोमबार नेप्सेमा सूचीकृत आधा दर्जन बढी कम्पनीहरुको लाभांश सुरक्षित गर्ने अन्तिम दिन परेको छ ।

गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेका सम्बन्धित कम्पनीहरुको लाभांश पाउन बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म शेयरधनी कायम भैसक्नुपर्छ। जसअनुसार पुस १६ गते सोमबारसम्म कायम रहने शेयरधनीहरुले मात्र लाभांश पाउनुको साथै साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् । 

सोमबार लाभांश सुरक्षित गर्ने आधा दर्जन कम्पनीहरुमा सिटिजन्स् बैंक इन्टरनेशन, सांग्रीला डेभलपमेन्ट बैंक, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, समीट माइक्रोफाइनान्स र हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन् ।

सिन्धु विकास बैंक र अरुण काबेली पावर कम्पनीले भने लाभांश बिना नै साधारण सभा आह्वान गरेका छन् । जसअनुसार सोमबारसम्म कायम रहने सम्बन्धित कम्पनीका शेयरधनी मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन पाउनेछन् ।

नेपाल स्टक एक्सचेञ्जमा पुस १५ गते आइतबार सिटिजन्स बैंकको प्रतिकित्ता २२१ रुपैयाँ, सांग्रीला डेभलपमेन्ट बैंकको प्रतिकित्ता १४३ रुपैयाँ, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रतिकित्ता १२७ रुपैयाँ, महिला सहयात्रा माइक्रोफाइनान्सको प्रतिकित्ता ५८२रुपैयाँ, समीट माइक्रोफाइनान्सको प्रतिकित्ता ९१२ रुपैयाँ र हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको प्रतिकित्ता १७० रुपैयाँ कारोबार भएको छ ।

त्यसैगरि बिना लाभांश एजिएम आह्वान गरेका सिन्धु विकास बैंकको पुस १५ गते आइतबार प्रतिकित्ता १२१ रुपैयाँ र अरुण काबेली पावर कम्पनीको प्रतिकित्ता  १८७ रुपैयाँमा काराेबार भएकाे थियाे।

लाभांश सुरक्षित गर्ने सम्बन्धित कम्पनी र उनिहरुले साधारण सभाबाट अनुमोदन गराएर बाँड्ने लाभांश सहितको मुख्य एजेण्डा निम्न अनुसार रहेका छन् ।

१. सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेड (CZBIL)

  • पुस ३० गते बाह्रौं वार्षिक साधारण सभा (लैनचौर बैंकक्वेट काठमाडौं, बिहान ११ बजे)
  • चुक्ता पूँजीको ३.६२८ प्रतिशत बोनस शेयर र १.६३५ प्रतिशत नगद लाभांश वितरण गर्ने
  • बैंक आफैँ वा सहायक कम्पनी मार्फत शेयर ब्रोकर सम्बन्धि कार्य गर्ने व्यवस्था प्रबन्धपत्रमा थप गर्ने
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
  • लगानी विस्तार गर्न ऋणपत्र जारी गर्ने
  • प्रबन्धपत्र तथा नियमावली संशोधन, तथा जारी र चुक्ता पूँजी वृद्धि

२. सांग्रीला डेभलपमेन्ट बैंक (SADBL)

  • पुस ३० गते चौधौ वार्षिक साधारण सभा (अमृतभोग, कालिकास्थान, बिहान ९ः३० बजे)
  • गत वर्षको नाफाबाट चुक्ता पूँजीको ४ प्रतिशत बोनस र ५.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
  • संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३/३ जना सञ्चालकको निर्वाचन गर्ने
  • चुक्ता पुँजी वृद्धि तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायत ।

३. नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक (NCDB

  • पुस ३० गते, नवौं वार्षिक साधारण सभा (ड्रिमल्याण्ड गोल्ड रिसोर्ट, मणिग्राम रुपन्देही, बिहान ९ बजे)
  • गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ६.४२ प्रतिशतले नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
  • कार्यक्षेत्र विस्तार र प्रबन्धपत्र तथा नियमावली संसोधन
  • डेभलपमेन्ट बैंकले गर्ने कार्य थप गर्ने
  • चुक्ता पूँजी वृद्धि तथा प्रबन्धपत्र तथा आवश्यकता बमोजिम नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायत ।

४. सिन्धु विकास बैंक  (SINDU)

  • पुस २८ गते नवौं वार्षिक साधारण सभा (मेलम्ची रिभर रिसोर्ट, मेलम्ची सिन्धुपाल्चोक, बिहान १० बजे)
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
  • संस्थापक समूहबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने

५. महिला सहयात्रा माइक्रोफाइनान्स (MSMBS)

  • माघ ५ गते छैटौं वार्षिक साधारण सभा (केन्द्रीय कार्यालय मकवानपुर चित्लाङ, ११ बजे)
  • गत आर्थिक वर्षको नाफाबाट ८ प्रतिशत नगद लाभांश वितरण गर्ने
  • मर्जर तथा प्राप्तीमा जान आवश्यक सहमति र सम्झौता लगायतका काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने
  • कम्पनीको नाम परिवर्तन गरी ‘महिला सहयात्रा लघुवित्त वित्तीय संस्था’ बनाउने लगायत ।

६. समीट माइक्रोफाइनान्स  (SMFDB)

  • पुस २७ गते दशौं वार्षिक साधारण सभा (अग्रेशन भवन विर्तामोड झापा, बिहान ८ः३० बजे)
  • गत आर्थिक वर्षको नाफाबाट २३.५३ प्रतिशत बोनस र १.२४नगद लाभांश वितरण गर्ने
  • बोनसपश्चात कायम हुने पूँजीको पचास प्रतिशत (२ः१ अनुपातमा) हकप्रद शेयर जारी गर्ने
  • चुक्ता पुँजी वृद्धि तथा प्रबन्धपत्र र नियमावली आवश्यकता बमोजिम संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी
  • सञ्चालक समितिको अध्यक्ष तथा सञ्चालकहरुको भक्ता र अन्य सुविधा वृद्धि गर्ने लगायत ।

७. हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (HIDCL

  • पुस ३० गते सातौं वार्षिक साधारण सभा (नेपाल प्रज्ञा प्रतिष्ठा, कमलादी, बिहान ११ बजे)
  • शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि २ करोड १० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने
  • बोनसपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद जारी गर्ने
  • एक जना सर्वसाधारण सञ्चालक नियुक्ति
  • चुक्ता पुँजी वृद्धि तथा आवश्यकता बमोजिम प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायत ।

८. अरुण काबेली पावर (AKPL

  • पुस ३० गते सातौँ तथा आठौँ वार्षिक साधारण सभा ( इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वर, बिहान ११ बजे)
  • संस्थापक समूहबाट ४ तथा सर्वसाधारण समूहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक निर्वाचन वा मनोनयन गर्ने लगायत ।
comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।