सिटिजन्स बैंकले ल्यायो घरै बसी बसी खाता खोल्न मिल्ने अनलाइन प्रणाली

Dec 31, 2018 Merolagani

सिटिजन्स बैंक इन्टरनेसनल (CZBIL) ले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ । बैंकले सरल, सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । 

देश भित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् ।

यो सुविधाको सुरुवात संगै बैंकमा खाता खोल्न बैंक धाउनु पर्ने पारम्परिक परिस्थितिको न्युनिकरण हुने विश्वास बैंकले लिएको छ । यस बाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको वेबसाइटबाट खाता खोल्न सक्ने विज्ञप्तिमा उल्लेख छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।