आईएमई जनरलको ४३ करोड २० लाखको हकप्रद खुल्यो, कहिलेसम्म कायम शेयरधनीले पाउँछन् ?

Jan 01, 2019 Merolagani

आईएमई जनरल इन्स्योरेन्स कम्पनी (IGI)ले पुस १७ गतेदेखि चुक्ता पूँजीको ८० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको छ। बीमा समितिले निर्जीबन बीमा कम्पनीहरुलाई तोकेको न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सो हकप्रद निष्काशन गरेको हो।

इन्स्योरेन्सको हाल ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ। उसले यहि चुक्ता पूँजीको ८० प्रतिशतले हुन आउने ४३ करोड २० लाख रुपैयाँ बराबरका ४३ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।

हकप्रद निष्काशन पश्चात यस कम्पनीको ९७ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले ग्लोबल आइएमई क्यापिटललाई हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक चयन गरिसकेको छ । इन्स्योरेन्सले मंसिर ७ गते हकप्रद निष्काशनका लागि बुकक्लोज गरेकाले मंसिर ६ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद किन्न पाउनेछन् ।

शेयरधनीहरुले धितोपत्र बोर्डबाट सी आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाको अलवा मेरो शेयरबाट समेत हकप्रदका लागि आवेदन पेश गर्न सक्नेछन् ।

हकप्रदमा आवेदन दिने अन्तिम दिन माघ २१ गते रहेको बिक्री प्रबन्धकले जनाएको छ।

आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४८८ रूपैयाँ रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३६ पैसा छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।