जेबिल्स फाइनान्सको लिलामी शेयर भर्ने आज अन्तिम, सेञ्चुरी र नयाँ नेपालको भोलिदेखि खुल्दै

Jan 01, 2019 Merolagani

सूचीकृत कम्पनीहरुले शेयरधनीहरुलाई अधिक मात्रामा हकप्रद जारी गरेर चुक्ता पूँजी बढाउँदा धेरै कम्पनीहरूलाइ अवितरित हकप्रद लिलामी मार्फत बिक्री गर्नुपर्ने क्रम बढ्दो छ। यसै क्रममा जेबिल्स फाइनान्सको लिलामी शेयरमा आजसम्म आवेदन दिन समिनेछ भने सेञ्चुरी बैंक र नयाँ नेपाल लघुवित्तले बुधबारदेखि खुला गर्ने भएका छन् ।

जेबिल्स फाइनान्स (JEFL) को ९ लाख ९७ हजार कित्ता लिलामीमा शेयरमा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन हो । फाइनान्सले संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० कित्ता र सर्वसाधारणको ३ लाख ३१ हजार ६७२.५० कित्ता गरी ९ लाख ९७ हजार ६२८ कित्ता शेयर पुस १० गते देखि लिलामीमा ल्याएको हो । 

फाइनन्सको संस्थापक न्यूनतम एक हजार कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता शेयरको लागि आवेदन गर्नुपर्नेछ । शेयर खरिद गर्ने लगानीकर्ताले प्रतिशेयर एक सय रुपैयाँ भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सकिने व्यवस्था छ ।

फाइनान्सको शेयर खरीद गर्न इच्छुकले सनराइज क्यापिटल कमलपोखरी र सनराइज बैंकको शाखा कार्यालय विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीको शाखा कार्यालयबाट लिलामी शेयर खरिदको आवेदन बुझाउन सकिनेछ ।

चुक्ता पुँजी ७३ करोड ८२ रुपैयाँ रहेको बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा प्रतिशेयर आम्दानी ६४ पैसा, प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ ६४ पैसा छ । फाइनान्सको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा पुस १७ गते मंगलबार प्रतिकित्ता ११० रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

सेञ्चुरी कमर्सियल बैंक र नयाँ नेपाल लघुवित्तको लिलामी भोलिदेखि खुल्ने

सेञ्चुरी कमर्सियल बैंक र नयाँ नेपाल लघुवित्तको १९ लाख १८ हजार ३७ कित्ता शेयर भोलि पुस १८ गते देखि लिलामी खुल्ला हुनेछ । सेञ्चुरी बैंकको १८ लाख ७० हजार २७४ कित्ता र नयाँ नेपाल लघुवित्तले ४७ हजार ७६३ कित्ता शेयर लिलामीमा आउने भएको हो । दुबै कम्पनीको लिलामी शेयरमा पुस २५ गते सम्ममा बोककलोल गर्न सकिने जनाइएको छ । 

सेञ्चुरी बैंक (CCBL) ले बुधबारदेखि १८ लाख ७० हजार २७४ कित्ता शेयर लिलामी ल्याउने भएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूह तर्फको ४ लाख ९ हजार १७५ कित्ता शेयर लिलामी ल्याउने भएको हो ।

इच्छुक लगानीकर्ताले बोलकबोल मार्फत लिलामी शेयरमा (संस्थापक र साधारण) न्यूनतम १०० कित्ता देखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिनेछ । लिलामी शेयरमा पुस २५ गतेसम्म आवेदन गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

बोलपत्र आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमाडौं तथा सेञ्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखाबाट पेश गर्न सकिनेछ ।
बैंकको शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा मंगलबार प्रतिकित्ता १७२ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

नयाँ नेपाल लघुवित्तको लिलामी शेयर सबै संस्थापक

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NNLB) को पनि भोलि देखि संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयर लिलामीमा आउने भएको छ । लघुवित्तले सर्वसाधारणले समेत किन्न पाउने गरी संस्थापक शेयर लिलामी आउने भएको हो ।

यसअघि कम्पनीले मंसिर १३ देखि २० गतेसम्म सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता शेयर लिलामीमा ल्याएको थियो । त्यस समयमा संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयरमा माग नपरेपछि सर्वसाधारणले समेत पाउने गरी लिलामीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले न्युनतम १०० रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा तोकिएका प्रकृयाहरु पूरा गरि न्यूनतम एक हजार कित्तादेखि सबै कित्तासम्मको लागि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तको लिलामी शेयरमा बिक्री पबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पुस २५ गतेसम्म आवेदन गर्न सकिन्छ ।

लघुवित्तको साधारण शेयरमूल्य धितोपत्रको दोस्रो बजारमा पुस १७ गते मंगलबार प्रतिकित्ता ६३५ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।