चन्द्रागिरि केवलकारले १५ करोडको आईपिओ जारी गर्ने

Jan 01, 2019 Merolagani

चन्द्रागिरि केवलकार सञ्चालन गरिरहेको चन्द्रागिरि हिल्स लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले उक्त प्रस्ताव आगामी साधारण सभामा लग्ने भएको छ ।

कम्पनीले आईपिओ निष्काशनको प्रस्ताव राखेर यहि पुस ३० गते नवौं बार्षिक साधारण सभा आह्वान गरेको छ ।

साधारण सभाको विशेष प्रस्तावमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलि संसोधन पश्चात जारी पूँजी एक अर्ब ५० करोड रुपैयाँ कायम गर्ने उल्लेख छ ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता आईपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ ।

साथै कम्पनीले साधारणसभा बाट संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्नेछ ।

केबलकार आईएमई ग्रुप लगायत अन्य व्यवसायिक घरनाले सञ्चालनमा ल्याएको हो । चन्द्रागिरि केवलकार २०७३ देखि सञ्चालनमा आएको हो ।

काठमाडौं र मकवानपुर जिल्ला छुने चन्द्रागिरीको डाँडोमा कम्पनीले केवलकारको अतिरित्त रिसोर्ट समेत सञ्चालनमा ल्याउदै छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।