अनलाइन कारोबार प्रणालीमा किन देखिएन लगानीकर्ताको उत्साह ?

Jan 01, 2019 Merolagani

- जम्मा ९२ जनाले गरे कारोबार
शेयर बजार विकास र विस्तारको लागि अनलाइन प्रणाली महत्वपूर्ण परियोजना मानिएको छ। तर अनलाइन प्रणाली सुरु भएको झण्डै एक महिनामा भइसक्दा पनि अनलाइन प्रणालीमा लगानीकर्ताको आकर्षण देखिएको छैन ।

पन्ध्र लाख लगानीकर्ता छन् भनिएको शेयर बजारमा एक हजार जनाले पनि अनलाइन कारोबार गर्न युजर नेम र पासवर्ड लिएका छैनन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार हालसम्म ५६० जना लगानीकर्ताले मात्र युजर नेम र पासवर्ड लिएका छन् ।

युजर नेम र पासवर्ड लिएका लगानीकताहरुले समेत अनलाइन कारोबार गर्न चासो देखाएका छैनन् । हाल युजर नेम र पसवर्ड लिने मध्ये ९२ जना लगानीकर्ताले मात्र अनलाइन मार्फत शेयर खरिद बिक्री गरेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले मेरोलगानीलाई जानकारी दिए ।

किन देखाएनन् लगानीकर्ताले अनलाइन कारोबार गर्न चासो ?

अनलाइन प्रणाली मार्फत कारोबार सुरु भएको दिन देखि नै नेप्सेको सिस्टममा पटक पटक भिन्न भिन्न समस्या देखा परे । उक्त समस्याको कारण लगानीकर्तामा अनलाईन प्रणालीप्रतिको चासो घट्दै गयो ।
नेप्सेले संञ्चालनमा ल्याएको अनलाइमा बैंक खाता इन्टिग्रेट गरिएको छैन । अर्कातिर स्चालित राफसाफ प्रणाली पनि छैन । केन्द्रिय निक्षे पप्रणालीले तयार गरेको इडिआईएस प्रणालीका प्रयोगकर्ता पनि थोरै छन् । यस अर्थमा शेयर कारोबार राफसाफ गर्नको लागि ब्रोकर कार्यालयमा नै धाउनु पर्ने भएकाले पनि लगानीकर्ता अनलाइनप्रणालीप्रति उत्सुक नबनेका हुन् ।

नेप्सेले आज अर्थात पुस १६ गते देखि आफ्ना ४ वटा क्लियरिंग बैंक अनलाइन प्रणालीमा इन्टिग्रेट गरेर कारोबार संञ्चालन सुरु गरेको जनाएको छ । तर बजारका सबै लगानीकर्तासँग नेप्सेका ४ वटा क्लियरिंग बैंकहरु नेपाल इन्भेष्टमेण्ट बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र सिद्धार्थ बैंकमा खाता छैनन् । सक्रिय लगानीकर्ताहरुले उल्लेखित ४ बैंकमा नै खाता सञ्चालन गरिरहेका भए पनि उनीहरु समेत अनलाइन प्रणालीमा अभ्यस्त हुन खोजिरहेका छैनन् ।

अर्कातिर अब माथि उल्लेख गरिएका ४ वटा बैंकमा खाता सञ्चालन नगरेका लगानीकर्ताले अनलाइन कारोबार प्रणालीबाट शेयर कारोबार गर्न नसक्ने अवस्था उत्पन्न भएको छ । अर्थात बसै लगानीकर्ताले शेयर कारोबार गर्नका लागि उल्लेखित ४ मध्ये कुनै एक बैंकमा अनिवार्य रुपमा खाता खोल्नु पर्ने हुन्छ ।

त्यसैगरी, अनलाइन प्रणालीबाट कारोबार गर्न कारोबार रकमको २५ प्रतिशत धितो राख्न पर्ने र ब्रोकरले शेयर मूल्यमा लिमिटेशन राख्ने व्यवस्थाका कारण लगानीकर्ताले अनलाइन प्रणाली मार्फत कारोबार गर्न मन नगरेको बताउने गरेका छन् ।

नेप्सेले भने अन्तर्राष्ट्रिय रुपमा नै रिस्क मेजमेन्ट गर्न शेयर कारोबार पहिले २५ प्रतिशत रकम धितो राख्ने व्यवस्था गरिएको बताएको छ ।

के भन्छन् लगानीकर्ता तथा शेयर दलाल ?

अम्बिका प्रसाद पौडेल, अक्ष्यक्ष, नेपाल इन्भेष्टर्स फोरम :
हामी परिवर्तन र प्रविधिलाई तत्कालै आत्मसाथ गर्दैैनौ । परिवर्तन र प्रविधिलाई विस्तारै विस्तारै आत्मसाथ गर्ने हो । यो त्यसैको उपज हो । र अनलाइनले जुन किसिमले काम गर्नु पर्ने थियो, त्यस्तो नहुँदा लगानीकर्ता यो प्रणाली प्रयोग गर्न अनिच्छुक देखिएका हुन् । साथै अनलाइनबाट कारोबार गर्न बैंकमा पहिले नै पैसा राख्नु पर्ने भएको कारणले पनि लगानीकर्ता यो प्रणालीमा आकर्षित हुन नसकेको अवस्था हो । यसलाई लगानीकर्ताले विस्तारै आत्मसाथ गर्ने छन् ।

भरत रानाभाट, अध्यक्ष, स्टक ब्रोकर एशोसिएसन :
लगानीकताले शेयर खरिद बिक्री गर्दा रकम धितो नराखि शेयर कारोबार गराईरहेका छन् । अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न लगानीकर्ताले अग्रिम रुपमा कारोबार रकमको २५ प्रतिशत पैसा तथा धितोपत्र धितो राख्न पर्ने व्यवस्था छ । सोहि व्यवस्थाको कारण लगानीकर्ताहरु अनलाइन प्रणाली मार्फत कारोबार गर्न इच्छुक नदेखिएका हुन् ।

कैलाश खड्का, लगानीकर्ता :
जबसम्म अनलाइन प्रणालीमा हाम्रो खाता रहेको बैंक इन्टिग्रेट हुदैन तबसम्म त्यो पूर्ण अनलाइन होइन् । नेप्सेले जनवरी एक देखि बैंक खाता पनि इन्टिग्रेट हुन्छ भनेको छ । यदि सिस्टममा समस्या नदेखिएमा त्यस पछि मात्र अनलाइन प्रणालीबाट कारोबार गर्ने सोचमा छु ।

उर्मिला पाण्डे, लगानीकर्ता :
नेप्सेले अनलाइन प्रणाली सुरु गर्न भन्दै पहिले धैरै तहमा लगानीकर्तालाई युजर नेम र पसवर्ड लिन आग्रह गर्यो । सेमि अनलाइन र मोक ट्रेड्रिङ पनि गरियो । प्रत्येक पटक केवाईसि फारम भर्यो, फेरि अर्को सिस्टम आउछ । फेरि केवाइसि फारम भर्यो । अनलाइन प्रणालीबाट कारोबार गर्ने भनेर दुई तीन पटक केवाइसि भरियो । कुनै उपलब्धि भएन् । त्यसैले अब पूर्ण स्वचालित र सिस्टममा समस्या नदेखिएमा मात्र अनलाइ प्रणाली मार्फत कारोबार गर्ने योजनामा छु ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।