व्यवसाय विस्तारमा आक्रमक रिलायन्स लाइफ, सात स्थानमा शाखा विस्तार

Jan 01, 2019 Merolagani

रिलायन्स लाइफ इन्स्योरेन्स (RLIL) ले देशका सात स्थानमा आफ्नो शाखा विस्तार गरेकाे छ । इन्स्योरेन्सले वीरगञ्ज, पाल्पा, नारायणगढ, हेटौंडा, घोराही, तुलसीपुर र बुटवल गरी सात वटा शाखा कार्यालयहरु विस्तार गरेकाे हाे ।

बीरगंज शाखाको कम्पनीका अध्यक्ष तारा चन्द केडिया र वीरगञ्ज महानगरपालिका नगर उपप्रमुख शान्ति कार्कीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

त्यस्तै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली सहितको उपस्थितिमा पाल्पा शाखाको पाल्पा उद्योग वाणिज्य महासंघका अध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नारायणगढ शाखाको चितवन उद्योग वाणिज्य महासंघका अध्यक्ष सहन लाल प्रधान र हेटौंडा शाखाको मकवानपुर उद्योग वाणिज्य महासंघका अध्यक्ष कृष्ण कटवालले उद्घाटन गरेका हुन् ।

साथै कम्पनीका नायब कार्यकारी अधिकृत निराजन कंडेलको उपस्थितिमा घोराही शाखाको घोराही उपमहानगरपालिका नगर उप(प्रमुख सीता न्यौपाने, तुलसीपुर शाखाको तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डे र बुटवल शाखाको प्रदेश न ५ का सामाजिक विकास मन्त्रीसुदर्शन बराल उद्घाटन गरेका हुन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।