नयाँ बर्ष २०१९ : पूँजी बजार सुधारको गोल्डेन वर्ष बनोस्, शुभकामना !

Jan 01, 2019 Merolagani

सन् २०१८ मा बिश्वव्यापी रुपमा जसरी शेयर बजारको ग्राफ ओरालो लाग्यो, त्यसैगरी नेपालको शेयर बजारको अवस्था पनि उस्तै उस्तै रह्यो। विश्व अर्थतन्त्रको असर त नभनौं देशभित्रकै अनेकन समस्याले शेयर बजार बौरिन सकेन। लगानीकर्ताले विगत लामो समयदेखि देशमा स्थिर सरकार आउँछ र पूँजी बजारले गति लिन्छ भन्ने अनुमान गरेका थिए ।

सन् २०१८ को शुरुवात मै लगानीकर्ताले सोचे अनुसार नै मुलुकले दुई तिहाइको बहुमतको स्थिर सरकार बन्ने अवस्था हुँदापनि सेयर बजार लरखराइ रह्यो । बहुमतको सरकार त बन्यो तर सरकार र मुख्य रुपले अर्थमन्त्रीको प्राथमिकतामा पूँजी बजार नपर्दा पूँजी बजार वर्षको अन्त्यसम्ममा पनि तंग्रिन सकेको छैन ।

लगानीकर्ताको दबाबले २०१८ को अन्तिम महिना अर्थ मन्त्रालयद्धारा गठित कार्यदलको सुझाव कार्यन्वयनको चरणमा गएपछि केही आशा गर्ने वातावरण त बनेको छ । तर, कार्यदलको सुझावको कार्यान्वयनको प्रभाव २०१९ मा मात्र पूँजी बजारले देख्नेछ ।

राष्ट्र बैंकले सुझाव कार्यान्वयन गर्न निर्देशिका जारी गरेपनि पूँजी बजारको प्रमुख नियमनकर्ता धितोपत्र बोर्ड र नेप्सेले सुझाव कार्यान्वयमा खासै काम गर्न सकेनन् । तर २०१९ को पहिलो दिनबाट नै नेप्सेले भने केही कामहरु अघि बढाएको छ ।

२०१८ पूँजीगत लाभकर निर्धारण गर्ने सरकारको छापामार शैलीबाट पनि बजार प्रभावित बन्यो । आन्तरिक राजस्व कार्यालयले बेमौसमीरुपमा बोनस र हकप्रद शेयरको आधार मूल्यमै कर लगाउने भने पछि लगानीकर्ताहरु एकाएक आन्दोलित हुन पुगे। नेप्से र धितोपत्र बोर्ड समेत घेर्न लगानीकर्ताले भ्याए ।

सरकारको यो कदमले बामपन्थीे सरकार पूँजीबजार मैत्री नभएको भान आम लगानीकर्तामा पर्यो ।

सामाजिक सञ्जाल तथा विभिन्न समाचारप्रधान माध्यमहरुमा वामपन्थी सरकारलाई शेयरबजारसँग जोडेर नकरात्मक टीकाटिप्पणी अधिक मात्रामा भए। सामान्य लगानीकर्तामा पनि करको त्रास थपियो । जसले ओरालो लागेको बजारलाई झनै तल हुत्याइ दियो ।

यो वर्ष बैंकको व्याजदरको रस्साकस्सीको समय रह्यो। बैंकहरुले एक आपसमा बचतको व्याजमा भद्र सहमति गर्ने, फेरि तोड्ने, राष्ट्र बैंकले चासा दिएको जस्तो गर्ने, फेरि भद्रसहमति गर्ने जस्ता कामहरुले व्यवसायी र लगानीकर्तामा अन्यौल रही रह्यो ।

बचतमा १४ प्रतिशतसम्म व्याजदिन बैंकहरुले हानाथाप गर्दा अन्य व्यवसायी जस्तै शेयरका लगानीकर्ताले पनि लगानी गर्ने आँट गरेनन् । यो सबैभन्दा बढी बजार गिराउने अस्त्र बन्यो ।

लगानीकर्तालाई हकप्रदको भारी बोकाउने क्रम यो बर्षपनि रोकिएन । बजारमा शेयरको अत्याधिक आपूर्तिको वाताबरण बन्दा सोही अनुपातमा माग उत्पन्न गर्ने कुनै प्रणाली तयार हुन सकेन । जसका कारण सबै कम्पनीका कम्पनीका शेयरहरु सस्तो मूल्यमा नै फालफाल भए ।

तथ्याङ्कमा सन् २०१८ मा पूँजी बजार यस्तो रह्यो

सन् २०१८ मा शेयर बजार करिब १५ प्रतिशतले ओरालो लाग्यो । सन् २०१७ को डिसेम्वर ३१ मा १३९०.५८ अंक रहेको नेप्से २०१८ को डिसेम्बर ३१ मा ११८७.२८ अंकमा ओर्लियो । यो वर्ष बजारका नौवटा उपसमूह ऋणात्मक रहे भने दुइवटा मात्र सकारात्मक देखिए । जलबिद्युत समूहको सूचक सबैभन्दा बढी ३५ प्रतिशतले ओरालो लाग्यो ।

गत वर्षको तुलनामा सन् २०१८ मा बजार पूँजीकरण १२ प्रतिशतले खस्कियो। यो चानचुने गिरावट हैन । सन् २०१७ मा बजार पूँजीकरण १६ खर्ब १७ अर्व हुँदा सन २०१८ मा १४ खर्व २२ अर्बमा सीमित हुन पुग्यो। यसरी बजारमा फराकिलो अंकले शेयरको संख्या बढ्दै गर्दा लगानीकर्ताको सम्पत्तीको आकार भने एक पछि अर्को गर्दै ओरालो लागेपछि लगानीकर्ता अत्तालिन्नु स्वभाविक थियो ।

सन् २०१८ मा सरकार, निममनकारी निकाय, बैंक तथा वित्तीय संस्थाको गलत कृयाकलापबाट थिलथिलो भएको शेयर बजार सन् २०१९ मा सुधारिने आशा लगानीकर्ताले गरेका छन् ।

वित्तीय बजारका साथै पूँजी बजार सुधारका लागि गठित कार्यदलले दिएका सुझाव कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बनेको अवस्थामा लगानीकर्ताको आशा यथार्थमा परिणत हुनेछ । सन् २०१८ लाई सम्झेर भारी मन लिएका लगानीकर्ता सन् २०१९ लाई स्वागत गर्दै गर्दा एउटा कुरामा जोड दिइरहेका छन्, त्यो भनेको कार्यदलको प्रतिवेदनको शतप्रतिशत कार्यान्वयन ।

त्यसैले सन् २०१९ कार्यदलको सुझाव कार्यान्वयन गर्ने वर्ष सावित हुँदै पूँजी बजारमा नयाँ इरा ल्याउन सफल होस् । शुभकामना !!!!!!

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।