सेञ्चुरी बैंक र नयाँ नेपाल लघुवित्तको १९ लाख कित्ता शेयरमा बोलपत्र आह्वान

Jan 02, 2019 Merolagani

सेञ्चुरी कमर्सियल बैंक र नयाँ नेपाल लघुवित्तको १९ लाख १८ हजार ३७ कित्ता शेयरमा पुस १८ गते (आज) देखि बोलपत्र आह्वान गरिएको छ। इच्छुकले उक्त लिलामी शेयरमा पुस २५ गते सम्ममा बोककलोल गर्न सकिने सम्बिन्धित कम्पनीको शेयर बिक्री प्रबन्धकले जनाएका छन् ।

सेञ्चुरी बैंकले संस्थापक र साधारण र गरि १८ लाख ७० हजार २७४ कित्ता र नयाँ नेपाल लघुवित्तले ४७ हजार ७६३ कित्ता संस्थापक समूहको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएका हुन् ।

लिलामीकाे शेयरमा आवेदन गर्दा दाेस्राे बजारमा सम्बन्धित कम्पनीकाे कति शेयर लिलामीमा आएकाे छ ? कति मूल्यमा काराेबार भैरहेकाे छ र कति मूल्यमा बाेली लगाउँदा शेयर प्राप्त गर्न सकिन्छ? भन्नेतर्फ ध्यान पुर्याउनुपर्छ । यसअघिका लिलामी गरेका कम्पनीहरूकाे शेयरमा कायम भएकाे कटअफ मूल्यकाे आधारमा बाेलपत्र पेश गर्दा लिलामीकाे शेयर प्राप्त गर्नसक्ने अवस्था बढ्छ ।

सेञ्चुरी बैंकको पुस १७ गते धितोपत्रको दोस्रो बजारमा मंगलबार प्रतिकित्ता १७२ रुपैयाँमा शेयर कारोबार भएको छ ।  नयाँ लघुवित्तको साधारण  मंगलबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ६२३ रुपैयाँमा कारोबार भएको छ ।

सेञ्चुरी बैंक (CCBL) ले बुधबारदेखि संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण समूह तर्फको ४ लाख ९ हजार १७५ कित्ता शेयर लिलामीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले बोलकबोल मार्फत लिलामी शेयरमा संस्थापक र साधारण) न्यूनतम १०० कित्ता देखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्नेछन् ।

बोलपत्र आवेदन बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमाडौं तथा सेञ्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, विर्तामोड र हेटौंडा शाखाबाट पेश गर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

चुक्ता पूँजी ८ अर्ब ६ करोड रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।

नयाँ नेपाल लघुवित्तको संस्थापक मात्र

नयाँ नेपाल लघुवित्त वित्तीय संस्था (NNLB) को पनि बुधबारदेखि संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयर लिलामी आएको छ । लघुवित्तले यसअघि साबिककका संस्थापकलाई मात्र लिलामी खुला गरेकोमा हाल साबिकका संस्थापक र सर्वसाधारणले समेत किन्न पाउने गरी संस्थापक शेयर लिलामी ल्याएको हो ।

यसअघि कम्पनीले मंसिर १३ देखि २० गतेसम्म सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता शेयर लिलामीमा ल्याएको थियो । त्यस समयमा संस्थापक समूहको ४७ हजार ७६३ कित्ता शेयरमा माग नपरेपछि सर्वसाधारणले समेत पाउने गरी लिलामीमा ल्याएको हो ।

इच्छुक लगानीकर्ताले न्युनतम १०० रुपैयाँलाई आधार मानेर बढाबढ मूल्यमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । आवेदन दिँदा तोकिएका प्रकृयाहरु पूरा गरि न्यूनतम एक हजार कित्तादेखि सबै कित्तासम्मको लागि आवेदन गर्न सक्नेछन् ।

लघुवित्तको लिलामी शेयरमा बिक्री पबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पुस २५ गतेसम्म आवेदन गर्न सकिन्छ ।

चुक्ता पुँजी २ करोड ४० लाख रुपैयाँ रहेको लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २१ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।