बुटवल पावरले किन्यो हिमताल हाइड्रोपावरको ६ लाख कित्ता शेयर

Jan 02, 2019 Merolagani

बुटवल पावर कम्पनी (BPCL) ले हिमताल हाइड्रोपावर कम्पनीको ६ लाख एक हजार ३०० कित्ता शेयर खरीद गरेको छ। बुटबल पावरले ६०० मेगावाटको अपर मर्स्याङ्दी २ जलविद्युत आयोजना विकास गर्ने आयोजना कम्पनी हिमतालको स्वामित्वमा रहेको १९.४ प्रतिशत शेयर खरीद गरेको हो ।

अपर मर्स्याङ्दी २ जलविद्युत आयोजनामा हिमताल हाइड्रोपावर कम्पनीको स्वामित्वमा रहेको ६ लाख एक हजार ३०० कित्ता शेयर पुस १६ गते दाखेल खारेज भई बुटवल पावरको नाममा शेयर स्वामित्व कायम भएको कम्पनीले जनाएको छ

यससँगै अपर मर्स्याङ्दी २ जलविद्युत आयोजनामा बुटबल पावरको १९.४ प्रतिशत शेयर स्वामित्व कायम भएको छ । 

बुटबल पावर कम्पनीले तीन साझेदार चिनीयाँ कम्पनीहरु मिलेर ६०० मेगावाटको अपर मर्स्याङ्दी २ र २८२ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत्त आयोजनाको सम्पूर्ण शेयर किनेका थिए । उक्त शेयरहरु अपर मर्स्याङ्दीको आयोजना कम्पनी हिमताल हाइड्रोपावर र मनाङ मर्स्याङ्दी जलविद्युत्त आयोजनाको मनाङ मस्र्याङ्दी हाइड्रोपावरले बचेका हुन् ।

हिमताल हाइड्रोपावरको शेयर खरिदबिक्री सम्बन्धि सम्झौतापत्रमा नेपालको बुटवल पावर कम्पनी, एससीआइजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी, र तीन साझेदार चिनीयाँ कम्पनीहरु (एससीआईजी इन्टरनेसन लिमिटेड, जिङ्चेण्ड इन्टरनेसनल इन्भेष्टमेन्ट कम्पनी र क्युवाइसी इन्टरनेसनल कम्पनी लिमिटेड) र चिनीयाँ आयोजना कम्पनीबीच बैशाख २१ गते हस्ताक्षर भएको थियो।

बुटवल पावर र साझेदारले ८८२ मेगावाटकाे दुई आयोजना किने

त्यसैगरि मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीका सम्पूर्ण शेयर खरिद गर्ने सम्बन्धमा विदेशी शेयरधनी राजरत्न इनर्जी होल्डिङसँग गत चैत १२ गते तथा स्थानीय शेयरधनी मर्स्याङ्दी पावर कम्पनीसँग चैत १५ गते सेयर खरिद गर्ने सम्झौता सम्पन्न गरेको विपिसीले जनाएको छ ।

भारतको जीएमआर र राजरत्न इनर्जी होल्डिङसले लगानी जुटाउन नसकेपछि बुटवल पावर कम्पनी र उसको साझेदार कम्पनी एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीलाई सम्पुर्ण स्वामित्व बिक्री गरेका थिए ।

२०७४ मंसिरमा आगामी पाँच वर्षमा थप एक हजार मेगावाट विद्युत उत्पादन गर्न बताएको बुटवल पावरले तीन चिनियाँ कम्पनीले संयुक्त रुपमा एससीआईजीमार्फत २ अर्ब डलर अर्थात २ खर्ब रुपैयाँ विदेशी लगानी ल्याउने सम्झौता अनुसार उक्त शेयर खरिद गर्ने सम्झौता गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।