स्टकका अनुसार एसबिआई बैंकको ५ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य ४०३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।
बैंकको १८० दिन नेप्सेमा कारोबार भएको शेयरमूल्यको आधारमा ६२५ रुपैयाँ ९० पैसा औसत आधारमूल्य निर्धारण गरिएको छ ।
बैंकले पुस ३० गते आह्वान गरेको साधारण सभा र लाभांश प्रयोजनका लागि बुधबारदेखि बुक क्लोज गरेको हो ।
साधारण सभाले गत आवको नाफाबाट ५ प्रतिशत बोनस र १०.७९ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ । सो लाभांश पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।