नेशनल माइक्रोफाइनान्सको नगद लाभांश वितरण

Jan 02, 2019 Merolagani

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था (NMFBS) ले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको १५ प्रतिशत नगद लाभांश वितरण गरेको छ। मङ्सिर २८ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित भएको उक्त लाभांश पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामै जम्मा गरेको हो ।

लघुवित्तले पुस १२ गतेपछि बैंक खाता अद्यावधिक गराएका शेयरधनीलाई पनि क्रमश उक्त नगद लाभांश उनिहरुकै बैंक खातामा जम्मा गर्ने जनाएको छ ।

साथै पुस १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुवहु नभई नगद लाभांश प्राप्त नभएका शेयरधनीको विवरण कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल एस क्यापिटलको वेबसाइटमा राखिएको लघुवित्त कम्पनीले जनाएको छ । यस्ता शेयरधनीलाई कम्पनीले आ – आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउन अनुरोध गरेको छ ।

कम्पनीको मंसिर २८ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाले २५ प्रतिशत बोनसका साथै १५ प्रतिशत नगद लाभांश अनुमोदन गरेको थियो ।

हालसम्म पनि कागजी प्रमाणपत्र हुने शेयरधनीलाई कम्पनीले शेयर डिम्याट गर्न र निक्षेप सदस्यमा क्लियरिङ्ग हाउसको सदस्य रहेको बैंक खाता अद्यावधिक गराउन समेत भनेको छ । शेयर डिम्याट नगरि बोनस पाउन र बैंक खाता अद्यावधिक नगराएसम्म नगद लाभांश प्राप्त नहुने भएकाले शेयरधनीले आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गरेर बैंक खाता अद्यावधिक गराउनु अनिवार्य बन्न जान्छ ।

१२ करोड ३ लाख ५६ हजार रुपैयाँ चुक्तापूँजी रहेको नेशनल माइक्रोफाइनान्सले चालू आवको प्रथम त्रैमासमा २ करोड ६४ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएर ७० रुपैयाँ ३८ पैसा कायम गरेको छ । गत वर्षकाे बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी १५ करोड ४ लाख ४५ हजार रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।