चौतारी लघुवित्तको साढे १८ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

Jan 02, 2019 Merolagani

चौतारी लघुवित्त (CHAUTARI) वित्तीय संस्थाको शेयर पुस १८ गते बुधबार नेप्सेमा सूचीकृत भएको छ। लघुवित्तले चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ बराबरको १८ लाख ६० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

लघुवित्तले गत मंसिर १९ देखि २३ गतेसम्म ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर निष्काशन गरि मंसिर २८ गते शुक्रबार बाँडफाँड गरेको थियो । निष्काशित आईपिओमध्ये ९ हजार ३०० कित्ता शेयर लघुवित्तको कर्मचारी र ३० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्टाएर ५ लाख ६० हजार ७०० कित्ता शेयर सर्वसधारण बिक्री गरेको थियो । 

साधारण शेयर निष्काशन अघि १२ करोड ६० लाख चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको आईपिओ बिक्रीपछि चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ पुगेको हो । यससँगै लघुवित्तमा संस्थापक साधारण शेयर अनुपात ७०:३० कायम भएको छ ।

लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तमा खराब कर्जा अनुपात ०.४३ प्रतिशत छ ।

लघुवित्तले आईपिओ निष्काशनका लागि सार्वजनिक गरेको विवरणपत्रमा चालु आर्थिक वर्षमा ३ करोड ७३ लाख, आर्थिक वर्ष २०७६/७७ मा ४ करोड ६८ लाख र आर्थिक वर्ष २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।