बीमा कम्पनीलाई समितिको निर्देशन: 'बैदेशिक रोजगार र यातायात वरिपरी एक मात्र कार्यालय राख्नु'

Jan 02, 2019 Merolagani

बीमा समितिले बैदेशिक रोजगार  र यातायात व्यवस्था कार्यालय वरिपरी एक बीमा कम्पनीले एउटा भन्दा बढी कार्यालय नखोल्न निर्देशन दिएको छ । समितिले निर्देशन पालना नगर्ने कम्पनीहरुलाई कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

समितिले जीवन बीमा कम्पनीहरुलाई सर्कुलर जारी गरी मुलुक भरका बैदेशिक रोजगार कार्यालयहरुको वरिपरी एउटा कम्पनीको एउटै मात्र कार्यालय राख्न निर्देशन दिएको हो । एउटा बीमकको एउटा मात्र कार्यालय मार्फत बीमालेख जारी गर्नुपर्ने समितिले जारी गरिएको सर्कुलरमा उल्लेख छ ।

यस्तै बीमाले जारी गर्दा कम्प्युटरबाट एकै पटक बीमाले तथा रसिद प्रिन्ट गरी आधिकारीक व्यक्तिको हस्ताक्षर सहितको बीमालेख मात्रै जारी गर्नुपर्ने छ । बीमालेखमा बीमकबाट अधिकार प्राप्त व्यक्तिले हस्ताक्षर गर्ने स्थानमा बाहेक अन्यत्र स्थानमा हातले कुनै भर्न, लेख्न वा थप्न नपाइने जनाएको छ ।

यातायात व्यवस्था कार्यालय वरिपरी पनि एउटा कम्पनीको एउटा मात्र कार्यालय

निर्जीवन बीमा कम्पनीहरुले पनि यातायात व्यवस्था कार्यालय वरिपरी एउटा कम्पनीको एउटा मात्र कार्यालय खोल्न बीमा समितिले निर्देशन दिएको छ । बीमा समितिले ‘मोटर बीमादर सम्बन्धी निर्देशिका २०७३’ अनुसार यस्तो निर्देशन दिएको हो ।

समितिले निर्जीवन बीमा कम्पनीहरुलाई जारी गरीएको सर्कुलरमा बीमा कम्पनीहरूले जारी गर्ने मोटर बीमालेख कम्प्युटरबाट प्रिन्ट गरिएको हुनुपर्ने र बीमालेखसँग रसिद पनि निष्कासन गर्नुपर्ने जनाएको छ । बीमालेखमा अनिवार्य रूपमा आधिकारिक व्यक्तिको हस्ताक्षर समेत हुनुपर्ने समितिले जारी गरेको सर्कुलरमा उल्लेख छ

मोटर बीमालेखमा केरमेट गर्न नपाइने, आधिकारिक व्यक्तिको हस्ताक्षरबाहेक अन्य स्थानमा हातले नलेख्न समितिले कम्पनीहरूलाई निर्देशन दिएको छ ।

जारी गरिएको सर्कुलर अनुसार निर्देशन पालना नभए नियम अनुसार कारबाही गरिने समितिले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।