नेपाल पुनर्बीमा कम्पनी र सन नेपाल लाइफबीच पुनर्बीमा सम्झौता सम्पन्न

Jan 02, 2019 Merolagani

नेपाल पुनर्बीमा कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (SNLICL) बीच पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ। नेपाल सरकारले चालु आ.व.२०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सो सम्झौता भएको हो ।

बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका का.मु.प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

 

 

उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुबै कम्पनी लाभदायी हुने देखिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।