चीन र ताइवानका बीच फेरि बढ्यो तानातानी

Jan 03, 2019 Merolagani

चीनियाँ राष्ट्रपति शी जिङपिङले ताइवानका मानिसहरुलाई ताइवानले ‘चीनसँग मिल्नैपर्ने र मिलेर छाड्ने’ भएकाले यो कुरालाई स्वीकार गर्नका लागि भनेका छन् ।

ताइवानका साथ सम्बन्धमा सुधार पहलको ४० बर्ष पूरा भएको अवसरका दिइएको भाषणमा शी जिङपिङले चीनले एक देश दुई प्रणाली भएको व्यवस्था अनुरुप शान्तिपूर्ण एकीकरण चाहेको बताए ।

उनले चीनसँग शक्ति प्रयोग गर्ने अधिकार रहेको भन्दै चेतावनी समेत दिए । यद्यपी ताइवान स्वयम् शासित र वास्तविक रुपमा स्वतन्त्र रहेको छ तर उसले आधिकारीक रुपमा कहिल्यै पनि आफू चीनबाट स्वतन्त्र रहेको कुरा घोषित गरेको छैन ।

ताइवानलाई चीनले आफ्नो छुट्टिएको भाग मान्दै आइरहेको छ । यस्तोमा शी जिङपिङको बयान चीनको तााइवानलाई आफूसँग मिलाउने पुरानो नीति अनुरुप नै रहेको बताइएको छ ।

जिङपिङले दुवै पक्ष एकै चीनियाँ परिवारको हिस्सा भएको र ताइवानी मानिसहरुले स्वतन्त्रताले केबल समस्या मात्र लिएर आउने कुरालाई बुझ्नुपर्ने बताएका छन् । उनले ताइवानी स्वतन्त्रतालाई बढावा दिने कुनै पनि गतिविधि चीनका लागि असह्य भएको भन्दै चेतावनी समेत दिएका छन् ।

यसका साथै उनले ताइवानसँगको सम्बन्ध चीनको घरेलु राजनीतिको हिस्सा भएको र यसमा विदेशी हस्तक्षेप सह्य नहुने बताएका छन् ।

ताइवानका राष्ट्रपति साई इंग वेंगले आफ्नो देश चीनको शर्तका आधारमा कहिल्यै पनि एकीकरणका लागि तयार नहुने बताएका छन् ।

जिङपिङको सम्बोधनको एक दिन पहिले ताइवानका राष्ट्रपतिले भनेका थिए कि, चीनले ताइवानको अस्तित्वलाई स्वीकार गर्नुपर्नेछ र मतभेदलाई समाधान गर्नका लागि शान्तिपूर्ण साधनको प्रयोग गर्नुपर्नेछ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।