चौतारी लघुवित्तको शेयर कारोबार खुल्यो, कारोबारका लागि सिएचएलबिएस सिम्बोल

Jan 03, 2019 Merolagani

चौतारी लघुवित्तको नेप्सेमा पुस १९ गते बिहीबारदेखि शेयर कारोबार खुलेको छ। नेप्सेले कारोबारको लागि लघुवित्तलाई सिएचएलबिएस (CHLBS) काराेबार संकेत प्रदान गरेको छ ।

चौतारी लघुवित्त बुधबार नेप्सेमा कूल १८ लाख ६० हजाार कित्ता शेयर सूचीकरण गराएको थियो । जसमध्ये ६ लाख कित्ता साधारण शेयर रहेको छ । 

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि १११ रुपैयाँ ८८ पैसा देखि ३३५ रुपैयाँ ६५ पैसामा कारोबार गर्न सकिने ओपनिङ्ग रेञ्ज दिएको छ । यस रकमको आाधारमा शेयर कारोबार सुरु भएको हो ।

काराेबारकाे एक घण्टासम्म लघुवित्तकाे शेयर काराेबार भएकाे छैन ।

लघुवित्तले गत मंसिर १९ देखि २३ गतेसम्म ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता शेयर निष्काशन गरि मंसिर २८ गते शुक्रबार बाँडफाँड गरेको थियो । साधारण शेयर निष्काशन अघि १२ करोड ६० लाख चुक्ता पूँजी रहेको लघुवित्त कम्पनीको आईपिओ बिक्रीपछि चुक्ता पूँजी १८ करोड ६० लाख रुपैयाँ पुगेको हो । यससँगै लघुवित्तमा संस्थापक साधारण शेयर अनुपात ७०ः३० कायम भएको छ ।

लघुवित्तले चालू आर्थिक वर्षको प्रथम त्रैमासमा लघुवित्तले ३७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिसेयर आम्दानी २० रुपैयाँ ९ पैसा कायम गरेको छ । उसको जगेडा कोषमा एक करोड २६ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीले चालु आर्थिक वर्षमा लघुवित्तले ३ करोड ७३ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । त्यस्तै आव २०७६/७७ मा ४ करोड ६८ लाख र आव २०७७/७८ मा ५ करोड ७९ रुपैयाँ खुद नाफा आर्जन गर्ने उसको अनुमान रहेको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको यस लघुवित्तले लुम्बिनी अञ्चलका ६ र राप्ती अञ्चलका ४ वटा जिल्लामा लघुवित्तीय कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।