चिलिमे हाइड्रोपावरको २०% बोनस पश्चात कतिमा भयो शेयरमूल्य समायोजन ?

Jan 03, 2019 Merolagani

चिलिमे हाइड्रोपावर (CHCL) को नेप्सेमा शेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको २० प्रतिशत बोनसको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको हो ।

चिलिमेले पुस २७ गते आह्वान गरेको वार्षिक साधारण सभा र लाभांश वितरणका लागि पुस १९ गते बिहीबार बुकक्लोज गरेको हो । यसअनुसार बुधबारसम्म कायम शेयरधनीले मात्र गत आवको नाफाबाट प्रस्तावित २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् । 

नेप्सेले कम्पनीको २० प्रतिशत बोनसलाई समायोजन गरि प्रतिकित्ता ५६२ रुपैयाँ ५० पैसा समायोजित शेयरमूल्य निर्धारण गरेको हो । नेप्सेमा १८० दिन कारोबार भएको शेयरमूल्यका आधारमा कम्पनीको औसत आधारमूलय प्रतिकित्ता ७३७ रुपैयाँ ७५ पैसा कायम भएको नेप्सेले जनाएको छ ।

चिलिमेको बिहीबार समायोजित शेयरमूल्यलाई आधार मानेर कारोबार खुला भएको हो । समाचार तयार पार्दासम्म कम्पनीकाे शेयरमूल्य समायोजित शेयरमूल्यमा १.१६ प्रतिशतले घटेर ५५६ रूपैयाँमा काराेबार भैरहेकाे छ ।

चिलिमेले पुस २७ त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे साधारण सभा डाकेको छ । हाल ३ अर्ब ९६ करोड ५१ लाख १३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको २० प्रतिशत बोनस वितरणपछि ४ अर्ब ७५ करोड ८१ लाख ३५ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

चालू आवको प्रथम त्रैमास अवधिमा चिलिमेले २६ करोड ७८ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २७ रुपैयाँ ३ पैसा कायम गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।