कालिका लघुवित्तले ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने, कति पूग्छ चुक्ता पूँजी ?

Jan 03, 2019 Merolagani

कालिका लघुवित्तले ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । लघुवित्तको संचालक समितिको १६३ औं बैठकले २०७५ असार मसान्त सम्म कायम १० करोड चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो ।

लघुवित्तले हकप्रद निष्काशन गर्ने र सोहि अनुसार जारी पूँजी र चुक्ता पूँजी बृद्धि गर्ने सम्बन्धी प्रस्ताव आगामी साधारण सभामा पेश गर्ने छ ।

गत आर्थिक वर्ष नाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस प्रस्ताव गरिएको छ । हाल १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रस्तावित बोनस शेयर पूँजीकरण पश्चात १० करोड ८० लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

७५ प्रतिशत हकप्रद निष्काशन पछि लुघवित्तको चुक्ता पूँजी १८ करोड ३० लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालू आर्थिक वर्षको प्रथम त्रैमासिक अवधिमा भने १२ लाख ४२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९७ पैसा, प्रति शेयर नेटवर्थ १५८ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानी अनुपात २२६.७६ गुणा बढी छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।