राष्ट्र बैंकले २०७५ माघ २ गतेबाट २०७६ पुस २९ गतेसम्म मुद्दती निक्षेपमा उत्तः रकम राख्न लागेको हो। एक बर्षे मुद्दती निक्षेपमा त्रैमासिक रुपमा ब्याज भुक्तानी हुने गरी उक्त रकम लगानी गर्न लागिएको हो ।
राष्ट्र बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरुमा १ अर्ब १८ करोड ६८ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २२ करोड २५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीहरुमा ७ करोड ४२ लाख रुपैयाँ लगानी गर्न लागिएको छ।
निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको शर्त पूरा गरी आगामी आइतबार दिनको ३ बजेभित्र प्रस्ताव गरेको ब्याजदर खुलाई शिलबन्दी दरभाउपत्र सम्बन्धी फाराम पेस गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
बैंक तथा वित्त संस्थाहरुले रकम लिनका लागि आवेदन पेस गर्ने विभिन्न मापदण्ड समेत तोकेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पुरा भएको, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको, खूद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने राष्ट्र बैंकले शर्त रहेको छ ।
त्यसैगरी, कर्जा र स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात बैंकले समय समयमा निर्धारण गरेको सीमाभित्र रहेको, निकटतम अघिल्लो आर्थिक वर्षमा बैंक सञ्चालन मुनाफामा रहेको, रियल स्टेट कर्जा बैंकबाट तोकिएको सीमाभन्दा बढी नभएको, शीघ्र सुधारात्मक कारबाहीमा परेको भए फुकुवा भएको कम्तीमा ६ महिना पुरा भएको, बैंक तथा वित्तिय संस्था कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, सर्वसाधारणको लागि छुट्टाइएको शेयर जारी गरीसकेको हुनुपर्नेछ ।