नेप्सले यहि पुस १७ गतेदेखि ग्लोबल आइएमई बैंक सहित चार बैंकलाई आवद्ध गरी स्वचालित अनलाईन कारोबारको राफसाफ सेवा सुरु गरेको छ ।
यसै सम्बन्धमा बैंकले लगानीकर्ताहरुलाई अझ बढी सुविधा प्रदान गर्ने उद्घेश्यले “ग्लोबल शेयर लगानी बचत खाता” सञ्चालनमा ल्याएको हो ।
यससँगै ग्लोबल आइएमई बैंक खाता हुने लगानीकर्ताहरुले स्वचालित प्रणालीबाट अनलाईन शेयर कारोबार गरी शेयर खरिद बिक्री बापतको रकम रकमान्तर तथा राफसाफ गर्दा शेयर दलाल तथा बैंकसम्म पुग्नु नपर्ने गरी “ग्लोबल शेयर लगानी बचत खाता” सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
यसअघि बैंकमा खाता भएका ग्राहकहरुले समेत इन्टरनेट बैंकिङ्ग सेवा लिई अनलाईन शेयर कारोबार गर्न पाउनेछन् ।
ग्लोबल शेयर लगानी बचत खातामा ग्राहकहरुले उच्चतम ब्यादर पाउनुका साथै निशुल्क भाईबर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुने बैंकले जनाएको छ ।
यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिन मिल्ने एवं आस्वा सुबिधा, इन्टरनेट बैंकिङ्ग र चेकबुक निशुल्क पाइनेछ । यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिङ्गमा ५० प्रतिशत छुट पनि पाइने छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२ वर्षअघि स्थापना भएको ग्लोबल आइएमई बैंकले १३३ शाखा, १४१ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ११५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि/सर्म्पक कार्यालय मार्फत आफ्ना ९ लाख ५० लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।