केएल टावरको दशैं तिहार उपहार योजनाका विजेताले पाए मोटरसाइकल, स्कुटर र बैंकक ट्रिप

Jan 03, 2019 Merolagani

चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले विजयदशमी तथा दिपावलीको अवसर पारेर असोज १९ गतेदेखि संचालन गरेको रमाईलो दशैं तिहार योजनाको उपहार वितरण गरेको छ । उक्त योजनाको बम्पर पुरस्कार टिभिएसको अपाची आरटीआर मोटरसाइकल दिब्यन्त ढुंगानाले पाएका छन् ।

बुधबार केएल टावरले एक कार्यक्रमको आयोजना गरी बम्पर उपहार लगायतका पुरस्कार वितरण गरेको हो । त्यस्तै सम्पूर्ण कोइरालाले टिभिएसको जुपिटर क्लासिक स्कुटर पाएका छन भने पदम कार्कीले टिभिएसकै वि गो स्कुटर जितेका छन् । यसैगरी संगिता भुजेलले बैंकको ट्रिपको उपहार प्राप्त गरेका छन् ।

 

रमाईलो दशैं तिहार योजना अन्तर्गत कम्पनीले मेला अवधिमा नै दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, स्मार्टफोन, लगायत छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिज लगायतका घरायसी सामान उपलब्ध गराएको थियो ।

 

ग्त असोज १९ गतेदेखि सुरु भएको रमाईलो दशैं तिहार योजना कात्तिक ३० गतेसम्म संचालन भएको थियो । राजधानीको चाबहिलस्थित केएल टावरमा ५० बढी पसलहरू छन् । मोबाइल हब, डिपार्टमेन्ट स्टोर, सर्टिङ–सुटिङ, रेडिमेट गार्मेन्ट्स, लत्ताकपडा, जुत्ता, सिनेमा हल, फुटकोर्ट, खेल स्थान, बैंक, ट्राभल एजेन्सीलगायत सबैखाले सेवा–सुविधाहरू एकै छानामुनि उपलब्ध छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।