एनसीसी बैंकको करिब ८० लाख कित्ता शेयरमा बोलपत्र पेश गर्ने शुक्रबार अन्तिम

Jan 04, 2019 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (NCCB) को करिब ८० लाख कित्ता लिलामी शेयरमा बोलपत्र पेश गर्ने पुस २० गते शुक्रबार अन्तिम दिन रहेका छ।  बैंकले पुस ११ गते बुधबारेदेखि ६५ लाख १६ हजार ७९५ कित्ता संस्थापक शेयर र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण गरि कूल ७९ लाख १० हजार ९९३ कित्ता शेयरमा बोलपत्र आह्वान गरेको थियो ।

इच्छुक लगानीकर्ताले एनसीसीले लिलाम बढाबढमा बिक्रीमा ल्याएका उक्त शेयरमा पुस २० गते शुक्रबोर (आज) सम्म आवेदन दिन सक्नेछन् । 

बैंकको लिलामी हकप्रद शेयरको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र आवेदन न्युनतम १०० रुपैयाँ तोकेर बोलपत्र पेश गर्नेपर्दछ । बोलपत्र पेश गर्दा संस्थापक एक हजार कित्तादेखि ६५ लाख १६ हजार ७९५ कित्ता र साधारण १०० कित्तादेखि लिलामीमा आएको सबै कित्ताको लागि आबेदन गर्न सकिनेछ ।

आवेदन रकम बैंकले उपलब्ध गराएको बैंक खाता नम्बरमा जम्मा गरि सक्कल भौचर समेत पेश गर्नुपर्छ । त्यस्तै दश लाख रुपैयाँभन्दा बढीको आवेदन दिनेले प्यान नम्बर आवेदन फारममा उललेख गर्नुपर्छ ।

एनसीसीले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको शेयर बैंकले लिलामीमा ल्याएको हो ।

पुस १९ गते बिहीबार एनसीसी बैंकको शेयर प्रतिकित्ता २१३ रूपैयाँमा कारोबार भएको छ । लिलामी शेयरमा आवेदन गर्दा दोस्रो बजारमूल्यलाई ध्यान दिनु एकदमै जरूरी हुन्छ ।

कम्पनीहरूको दोस्रो बजारमा हुने कारोबार मूल्यको आधारमा र यसअघि भएका लिलामी शेयरको कटअफ कति तल भएको त्यसको आधारमा कुन कम्पनीको शेयर कति मूल्यमा बोलकबोल गर्नुपर्ने निर्धारण गर्नु उपयुक्त्त हुन्छ । जसले न्यूनतम मूल्यमा शेयर सकार्न पाउने अवस्था आउनसक्छ ।

यस्तै जेबिल्स् फाइनान्स (JEFL) ले ६ लाख ६५ हजार ९९५ कित्ता संस्थापक  र ३ लाख ३१ हजार ६७२ कित्ता साधारण शेयरकाे शिलबन्दी बाेलपत्र शुक्रबार बिक्री प्रबन्धक सनराइज क्यापिटलमा दिउँसाे ३ बजे खुला हुने क्यापिटलले जनाएकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।