कुनै पनि सूचीकृत कम्पनीहरुले धितोपत्रको बजार मूल्यलाई प्रभाव पर्ने निर्याय गर्दा तत्काल वा भोलिपल्ट कारोबार सुरु हुनुभन्दा अगाडि नेप्सेलाई जानकारी दिनुपर्छ । लघुवित्तले ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने सूचना बिहीबार मात्र नेप्सेमा पठाएको थियो । तर यो सूचना बुधबार नै बजारमा फैदिएर कम्पनीको शेयर कारोबार प्रभावित बनेको थियो ।
नेप्सेले लघुवित्तले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ को उपनियम १ को खण्ड ‘ङ’ बामोजिम बैठकको समय नखुलाई सुचना प्रवाह गरिएको भन्दै कारोबार रोक्का गरेको छ ।
कम्पनीले पुस १८ गते बसेको सञ्चालक समितिको निर्णयलाई उल्लेख गर्दै पुस १९ गते ७५ प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको थियो । तर त्यसमा बैठक बसेको समय उल्लेख थिएन । लघुवित्तसँग नेप्सेले बैठकको समय उल्लेख नगरेको कारणबारे २४ घण्टे स्पष्टिकरण माग गरेको हो ।
हकप्रदकाे सूचना बाहिरिएपछि बुधबार लघुवित्तको शेयर उच्च मूल्यमा कारोबार भएको थियो ।
लघुवित्तले २०७५ को असार मसान्तसम्म कायम चुक्तापूँजी १० करोडको ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने र सोही अनुसार जारी तथा चुक्तापूँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको थियो ।
यसैबीच कम्पनीले माघ १९ गते साधारण सभा गर्ने जानकारी गराउँदै लाभांश र साधारण सभा प्रयोजनका लागि पुस २९ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यसअनुसार पुस २६ गते बिहीबारसम्म कायम रहने शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको ८ प्रतिशत बोनस पाउनेछन् ।