चार किलो अवैध सुनसहित धादिङबाट तीनजना पक्राउ

Jan 04, 2019 Merolagani

धादिङ प्रहरीले बिहीबार राति चार किलो अबैध सुनसहित तीनजनालार्इ पक्राउ गरेको छ । पृथ्वी राजमार्ग अन्तर्गत गजुरी बजारबाट उनीहरूलाइर् पक्राउ गरिएको धादिङ प्रहरीले जनाएको छ ।

फाइल फाेटाे

दुईवटा मोटरसाइकलमा आएका शंकास्पदहरूलार्इ राति १० बजे खानतलासी गर्दा सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा रसुवा उत्तरगया गाउँपालिकाका २७ वर्षीय संजित वाइवा, नुवाकोट तारकेश्वर गाउँपालिकाका २२ वर्षीय सुरेन्द्र तामाङ र सोही स्थानका २४ वर्षीय विकास तामाङ रहेका छन् ।

धादिङको गल्छीबाट मलेखुतर्फ जाँदै गरेको बा ८७ प ७७३१ र प्रदेश नम्बर ३, ०२-००३ प २५४० नम्बरको मोटरसाइकलमा सुन फेला परेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।