एप्पलको शेयरमा भारी गिरावट, एक दिनमै गुमायो ७८ अर्ब डलर

Jan 04, 2019 Merolagani


विश्वको सबैभन्दा ठूलो कम्पनीको रुपमा रहेको अमेरिकी कम्पनी एप्पलको शेयरमा बिहीबार भारी गिरावट आएको छ । एक दिन भित्रमा नै कम्पनीलाई ७५ अर्ब डलर नोक्सान भएको छ ।

एप्पलले एक दिन पहिले मात्र सन् २०१८ को अन्तिम त्रैमासका लागि आफ्नो अनुमानित आय घटाएर ८४ अर्ब डलरमा झारेको थियो । योभन्दा पहिले ८९ देखि ९३ अर्ब डलर आयको अनुमान लगाएको थियो ।

विगत १५ बर्षमा पहिलोपटक एप्पलको अनुमानित आयमा कमी गरिएको हो । योसँगै कम्पनीको शेयरमा १० प्रतिशतले गिरावट आएको छ । प्रविधि कम्पनीवाला नेस्डाक सूचांक ३.१ प्रतिशतले घटेर बन्द भएको थियो ।

चीनको अर्थव्यवस्थामा कमजोरी र नयाँ आइफोनको विक्री आशा गरे अनुसार नभएका कारण आय अनुमान घटाइएको बताइएको छ ।

आइफोन एप्पलको प्रमुख उत्पादन हो । कम्पनीको राजस्वमा आइफोन विक्र्रीको दुई तिहाई हिस्सेदारी रहेको छ । एप्पलले सन् २००७ मा आइफोन लन्च गरेको थियो । एप्पल विश्वको सबैभन्दा ठूलो कम्पनी हो ।

अगस्ट २०१८ मा यसको बजार पूँजीकरण एक ट्रिलियन डलर पुगेको थियो । कम्पनीले अरु प्रविधि कम्पनी अमेजन, माइक्रोसफ्ट र फेसबुकलाई पछि पार्दै आफ्नो पूँजीकरण एक ट्रिलियन डलर पुर्याएको थियो । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।