एनसीसी बैंकको लिलामी शेयरमा आवेदन गर्नेको लर्को (फोटो फिचर)

Jan 04, 2019 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्श बैंक (NCCB) ले लिलाममा राखेको झण्डै ८० लाख कित्ता शेयरमा आवेदन गर्नेहरुको भिड देखिएको छ । राजधानीमा २ तथा मोफसलका ९ स्थानबाट आवेदन संकलन गरेको थियो । लिलामी शेयरमा शुक्रबारसम्म मात्र आवेदन गर्ने व्यवस्था थियो ।

बैंकले पुस ११ गते बुधबारेदेखि ६५ लाख १६ हजार ७९५ कित्ता संस्थापक शेयर र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण गरि कूल ७९ लाख १० हजार ९९३ कित्ता शेयरमा बोलपत्र आह्वान गरेको थियो ।

बैंकको लिलामी शेयरको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ । शुक्रबार कमलपोखरीस्थित क्यापिटलको कार्यालयमा लिलामीमा आवेदन गर्नेहरुको लर्को देखिएको थियो ।

क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका अनुसार पछिल्ला २ दिनमा लिलामीमा आवेदन गर्नेहरुको चाप बढी देखिएको छ । बैंकको लिलाममा राखिएको संस्थापक तथा साधारण शेयरमा मागभन्दा बढी आवेदन पर्ने सम्भावना रहेको उनले बताए ।

बैंकको लिलामी शेयरका लागि बिक्री प्रबन्धकको कार्यालय कमलपोखरी, र एनसीसी बैंकका विराटनगर, विरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी, नारायणगढ, बनेपा, र मुख्य शाखा कार्यालय बागबजारबाट शिलबन्दी बोलपत्र संकलन गरिएको थियो ।

जस अनुसार ५ हजार हाराहारीले बैंकको लिलामी शेयरमा आवेदन गरेको आँकलन गरिएको छ । सबै आवेदनलाई तथ्यांकमा प्रबिष्ट गर्ने काम भैरहेको छ । सबै आवेदनको अन्तिम तथ्यांक शुक्रबार साँझसम्ममा नै आईसक्ने क्यापिटलले जनाएको छ ।

सबैं संकलन केन्द्रबाट आवेदनहरु क्यापिटलको कार्यालयमा आए पछि शेयर बाँडफाँडको मिति निर्धारण हुने क्यापिटलले बताएको छ ।

एनसीसीले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको शेयर बैंकले लिलामीमा ल्याएको हो ।

पुस १९ गते बिहीबार अन्तिम पटक एनसीसी बैंकको प्रतिकित्ता शेयर २१३ रूपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।