उक्त सम्झौतामा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सहारा विकास बैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत बिनय कुमार शाहले हस्ताक्षर गरेका छन् ।
बैंकले आवद्ध भएका भुक्तानी प्रणालीहरुको सेवा चरणबद्ध रुपमा आफ्ना ग्राहकहरुलाई उपलब्ध गराउने छ । पहिलो चरणमा आफ्ना ग्राहकहरुको चेकबाट हुुने कारोवारहरुलाई राफसाफ गराउने उदेश्यका साथ आजबाट विद्युतीय चेक क्लियरिङ्ग प्रणाली को सेवा शुरु गरीएको छ ।
नेपाल राष्ट्र बैंक, बैंक वित्तीय संस्थाहरु र स्मार्ट च्वाइस टेक्नोलोजीबाट प्रवद्र्धित नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले विभिन्न राष्ट्रिय स्तरका भुक्तानी प्रणालीहरु स्थापना र सञ्चालन गर्ने उद्देश्य लिएको छ । हालसम्म विद्युतीय माध्यमबाट चेकको राफसाफ गर्ने प्रणालीको लागि अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली र अनलाईन मार्फत विद्युतीय भुक्तानी गर्ने कनेक्ट आईपिएस प्रणाली लागू गरी सञ्चालन गर्दै आएको छ ।
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग भएको यो सम्झौतासँगै विद्युतीय चेक क्लियरिङ्ग प्रणाली संचालनमा रहने बैंक/वित्तीय संस्थाहरुको संख्या ८० पुगेको छ । नेपाल क्लियरिङ्ग हाउसले उक्त प्रणाली मार्फत बैंक तथा वित्तीय संस्थाहरुका ४,४७८ शाखाहरुबाट खिचिएका चेकहरु राफसाफ गराउँदै आएको छ ।