एनसीसी बैंकको लिलाम शेयर बाँडफाँडको मिति टुंगो लाग्यो, कति होला 'कटअफ' ?

Jan 04, 2019 Merolagani

नेपाल क्रेडिट एण्ड कमर्श बैंक (NCCB) ले शुक्रबारसम्म लिलामबाट बिक्री गरेको झण्डै ८० लाख कित्ता शेयर बाँडफाँडको मिति निर्धारण भएको छ । यस अघिका लिलामी पछिको बाँडफाँड प्रकृया केही लम्बिने गरेकोमा सनराइज क्यापिटलले भने निकै छिटो गरेर शेयर बाँडफाँडको टुंगो लगाएको हो ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार शुक्रबार नै सबै केन्द्रमा संकलन भएका आवेदनहरु क्यापिटलको कार्यालयमा ल्याइसकिएको छ । अहिले रातको समयमा पनि सबै आवेदनको तथ्यांक प्रबृष्ट गर्ने काम भैरहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले मेरोलगानीलाई जानकारी दिए ।

श्रेष्ठका अनुसार पुस २२ गते आइतबार बिहान १० बजे बैंकको लिलाम शेयरको बोलकबोल खोल्ने निश्चित भएको हो । सबै केन्द्रको आवेदन आएसँगै बैंकका तथा सम्बद्ध सबै पक्षको स्वीकृतिमा आइतबार शेयरको बोलकबोल खोल्न लागिएको श्रेष्ठले बताए ।

अहिलेको अभ्यासमा राजधानी बाहिर समेत संकलन केन्द्र थपे पछि पहिलो पटक छिटो बोलकबोल खोलाउन सकिएको छ । यसले आम लगानीकर्तालाई सहज हुने विश्वास सनराइज क्यापिटलले लिएको छ । अहिले तथ्यांक प्रशोधनको काम भैरहेकाले कति वटा आवेदन पर्यो भन्ने वास्तविक तथ्य तयार भैसकेको छैन ।

शुक्रबार दिउँसो २ बजेसम्म परेको आवेदनको प्रकृतिका आधारमा ५ हजार हाराहारी आवेदन परेको अनुमान गरिएको छ ।

कति होला कटअफ मूल्य ?

बैंकको शेयरमा आवेदन गर्नेको संख्या ५ हजार हाराहारी भए पनि एउटै लगानीकर्ताले धेरै शेयर माग्नेहरु धेरै छन् । अझ संस्थागत तथा ठुला भनिएका लगानीकर्ताहरुले उच्च मूल्यमा बैंकको शेयर माग गरेको आँकलन मेरोलगानीले गरेको छ । बजारको कृयाकलापका आधारमा गरिएको यो आँकलनका आधारमा बैंकको शेयर कम्तीमा १ सय ९५ रुपैंयाको दरमा माग गर्नेहरुले मात्र पाउने सम्भावना छ ।

एकाध बाहेकका साना तथा मौसमी किसिमका लगानीकर्ताहरुले भने बैंकको शेयरमा १८० रुपैंयासम्ममा शेयर माग गरेको देखिएको छ । संस्थागत र ठुला भनिएकाहरुले बोनस शेयरको आशमा उच्च मूल्यमा ठुलो संख्याको शेयर माग गरेका कारण तल्लो मूल्यमा शेयर माग गर्नेहरुले शेयर नपाउने सम्भावना बढेको हो ।

बैंकले पुस ११ गते बुधबारेदेखि ६५ लाख १६ हजार ७९५ कित्ता संस्थापक शेयर र १३ लाख ९४ हजार १९८ कित्ता सर्वसाधारण गरि कूल ७९ लाख १० हजार ९९३ कित्ता शेयरमा बोलपत्र आह्वान गरेको थियो ।

एनसीसीले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो । हकप्रदमा नबिकेको शेयर बैंकले लिलामीमा ल्याएको हो ।

पुस १९ गते बिहीबार अन्तिम पटक एनसीसी बैंकको प्रतिकित्ता शेयर २१३ रूपैयाँमा कारोबार भएको थियो । घट्दो क्रममा देखिएको बजारमा बैंकको लिलामी शेयर सकार्नेहरु बैंकको पूँजी बढाउने गरी प्रस्ताव हुने लाभांसका कारण नाफामा रहने देखिएको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।